चर्चित नेपाली कलाकार शंकर बिसी टेक्सस पुगेर हिउँसंग रमाउँदै [ फोटो फिचर ]
नेपालबहस संवाददाता
फागुन ७, २०७७ शुक्रबार १९:१९:८
७ फागुन, काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा दशकौंको लोकप्रिय छवि बनाएका कलाकार शंकर विसी टेक्ससमा हिउँ खेलिरहेका तस्विरहरु सार्वजनिक भएका छन् । लामो समयदेखी न्यूयोर्कमा रहँदै आएका कलाकार बिसी टेक्सस आएर हिउँसंग रमाईरहेका दृश्य पनि आकर्षक र कुनै चलिचित्र या म्यूजिक भिडियोमा कैद दृश्यजस्तै प्रतित हुन्छ ।
नेपालगञ्जमा जन्मिएर राजधानी काठमाडौंलाई लामो समय कर्मथलो बनाएका शंकर बालकदेखी बृद्ध सम्मलाई मन परेका बलाकर्मी हुन् । अमेरिकामा रहेर पनि नेपाली कला र संगीत क्षेत्रमा अत्यन्त महत्वपूर्ण योगदान पुर्याएका विसी यहाँ रहेका नेपाली समुदाय र बिभिन्न क्षेत्र संवद्ध ब्यक्तीहरुमाझ उत्तिकै आत्मिय र प्रियरुपमा भेटिन्छन् ।
यतिबेला उनि टेक्ससमा छन् । नेपाली समुदाय रहेका धेरै राज्यमा हिमपातका कारण जवजिवन भौतिक र मानसिक रुपमा त्रासदी बोकिरहेका बेला कलाकार बिसी भने लामो यात्रा तय गरेरै पनि यो समय टेक्सस आएका छन् । कलाकार स्वभावैले लहडी र आम मानिस भन्दा भिन्न हुन्छ भन्ने कुरा उनको यो यात्रा र उत्तिकै उत्साहका साथ नयाँ ठाउँको हिमपातमा पनि रमाईरहेका दृश्य यस अर्थ पनि प्रेरक लाग्दछ कि हामी संन्त्रासलाई खुसीहरुले जित्न सक्छौं ।
हजारौंको संख्यामा उनले म्यूजिक भिडियोमा अभिनय गरे, हजारौं गीतहरु कुशलतापूर्वक निर्देशकिय जिम्मेवारीमा रहेर निर्माण गरे, हजारौं गीतमा कोरियोग्राफी संगै चलचित्र निर्देशन र अभिनय गरे । सानैबाट कलाकारितामा लगाव भएका उनलाई सिमित भूगोलसंग तुलना गर्न मिल्दैन सायद । त्यसैले पनि उनका जीवनका भिन्न भिन्न कालखण्ड भिन्न भिन्न स्थानबाट सफलतापूर्वक अघि बढिरहेको देखिन्छन् ।
चाहे, नेपालगञ्जको बाल्यकाल होस् या कलेज पढ्न गएका सुर्खेतका दिनहरु, या त कलाकार बन्न भागैर काठमाण्डौ आएको त्यो पल या अमेरिकामा रहँदा भिन्न भिन्न राज्यहरुमा हार्दिकता पूर्वक देखिने उनको उपस्थिती । यूएस खबरलाई कलाकार बिसीले दिएको जानकारी अनुसार उनि १ महिना पछि नेपाल आउने तयारीमा रहेका छन् ।
कोभिड १९ ले आकान्त अमेरिका र यस बर्षको सुरुवाटै जन जीवन प्रभावित हुने गरि परिरहेको हिमपातले यहाँ रहेका नेपाली समुदायपनि असहज अवस्थामा रहेको बताउँदै उनले अमेरिकामा बिभिन्न राज्यमा रहेका नेपालीहरुलाई शुरक्षित रहन र विपतका समय संन्त्रासमा मात्र केन्द्रित हुनु भन्दा सृजनशिल र यो केही समयका लागि मात्र आएको अप्ठ्यारो हो र फेरी हामी सहज बातावरणमा फर्कदैं छौं भन्ने आत्मविश्वासलाई जगाउन पनि आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
करण परियार: ईश्वरको वरदान पाएर गाउनकै लागि जन्मिएको अदभुत प्रतिभा
कुसुम भट्टराई
जेठ २१, २०८१ सोमबार
टी-२० विश्वकपमा आसिफले ५० र १०० बनाए ,भेट्रान सिटि क्लब वीरगन्जले नगद पुरस्कार दिने
जेठ २२, २०८१ मंगलबार
दैलेखको नेपा केन्द्रविन्दु भएर भूकम्प
जेठ २२, २०८१ मंगलबार
तुम्लिङटार विमानस्थल
जेठ २२, २०८१ मंगलबार
नेपालले दियो नेदरल्याण्डसलाई १०७ रनको लक्ष्य
जेठ २२, २०८१ मंगलबार
तराईमा ‘लू’ चल्दा पोलियो रोगविरुद्धको खोप प्रभावित
जेठ २२, २०८१ मंगलबार
आसिफ र कुशलपछि अनिल साह १३ रनमा आउट
जेठ २२, २०८१ मंगलबार
टुँडिखेलको खुल्ला आकाश मुनि टी–२० विश्वकपको मज्जा लिँदै नेपाली क्रिकेटर फ्यानहरु
जेठ २२, २०८१ मंगलबार
तेस्रो ओभरमा नेपालको दुवै ओपनर आउट
जेठ २२, २०८१ मंगलबार