टटेलटारमा स्टाफ कलेज निर्माण प्रक्रिया शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
फागुन ९, २०७७ आइतबार १८:५८:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/staff-clz_ws3l2IhDWp.jpg)
९ फागुन,बनेपा । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) निर्माणको प्रक्रिया अगाडि बढेसँगै स्थानीय बासिन्दा विकासले मुहार फेर्नेमा आशावादी बनेका छन् । काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–२ टटेलटारमा स्टाफ कलेज निर्माणका क्रममा आफूहरुलाई आवश्यक व्यवस्थापन गर्न स्थानीय बासिन्दाले माग गरेसँगै कलेज व्यवस्थापन पक्षले मागको सम्बोधन गर्ने जनाएपछि उनीहरु आशावादी बनेका हुन् ।
टटेलटारबासी एवं टटेलटार सरोकार समाजका अध्यक्ष ज्ञानेन्द्र देवकोटाले कलेज निर्माणपछि खुला रुपमा हिँडडुल गर्न पाउने क्षेत्र नहुँदा स्थानीय बासिन्दाले व्यहोर्नुपर्ने उकुसमुकुसलाई ध्यानमा राख्दै नगरपालिकाको समन्वयमा निर्माण हुन लागेको कलेज व्यवस्थापनले थप भौतिक विकास गर्नुपर्ने बताएका छन् ।
भौतिक विकासनिर्माणसँगै स्थानीय बासिन्दाले मानसिक रुपमा पनि आनन्द लिन पाउने वातावरण निर्माण गर्नुपर्ने सबै पक्षको दायित्व भएको जनाउँदै उनले सो वातावरण बनाउन आफूहरुले माग अगाडि सारेको बताए । समाजले कलेज व्यवस्थापन पक्षलाई ६ बुँदे मागपत्र पेश गरेको छ ।
समाजले निर्माण चरणमा आवश्यक कामदार बनाउँदा स्थानीयवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने, तिनलाई खानेपानी उपलब्ध गराउनुपर्ने, कलेज सञ्चालनमा आएपछि संस्थाले दूध, मासु, तरकारी एवं स्थानीय उत्पादन खरीद गर्नुपर्ने, घरेडाँडाहुँदै टटेलटार जाने सडकको स्तरोन्नति गर्नुपर्ने, निर्माण सम्पन्नपछि आवश्यक कर्मचारी ९करार०स्थानीयवासीबाट नै लिनुपर्ने र तिनले उपभोग गर्न पाउने गरी उद्यान निर्माण गर्नुपर्ने विषयमा कलेज व्यवस्थापन पक्षले सहमति जनाइसकेको बताइएको छ ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले नमोबुद्धमा अन्तरराष्ट्रिय मापदण्डानुसारको स्टाफ कलेज निर्माण हुनु गौरवको विषय भएको जनाउँदै कलेज निर्माणपछि नगरमा थप पूर्वाधार निर्माण हुने अपेक्षा व्यक्त गरेका छन् । नगरपालिकामा कलेज निर्माणसँगै युथ इनोभेशन सेन्टर, पाँचखाल र नमोबुद्ध नगरपालिकालाई समेटेर मदन भण्डारी विश्वविद्यालय निर्माणलगायत राष्ट्रिय गौरवका योजना निर्माणको काम अघि बढेकामा खुशी व्यक्त गरेका छन् ।
सो क्रममा अध्ययन टोलीका संयोजक तेजकुमार श्रेष्ठले स्थानीय वस्तुस्थितिका बारेमा प्रस्तुतीकरण दिएका थिए । मूल्यअभिवृद्धि करबाहेक करीब रु तीन अर्बको लागतमा निर्माण हुन लागेको अनुमान गरिएको सो कलेज २८।५ हेक्टर क्षेत्रफलमा फैलिएकामा ३।२ हेक्टरमा पूर्वाधार निर्माण हुने आयोजनाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार
असार १, २०८१ शनिबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
बागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
रौतहटमा शौच गर्न निस्किएका युवक मृत फेला
असार १, २०८१ शनिबार
दिक्तेलमा साकेला उँभौलीको मैझारो
असार १, २०८१ शनिबार
कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : उपसभापति खड्का
असार १, २०८१ शनिबार
बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्छ : केपी ओली
असार १, २०८१ शनिबार
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
असार १, २०८१ शनिबार