‘उद्यमीको हात, प्रदेश सरकारको साथ’
नेपालबहस संवाददाता
फागुन १०, २०७७ सोमबार २२:१३:१८
१० फागुन,हेटौंडा । बाग्मती प्रदेशले आर्थिक संवृद्धिका लागि उद्योगको विकास एवं संरक्षणमा जोड दिएको छ । उद्योगको विकास भएमा रोजगारीका साथै आर्थिक विकासमा सहयोग हुने विश्वास लिइएको छ । यसका लागि प्रदेशले उद्योगमा लगानी गर्न वातावरण बनाउन विभिन्न कार्यक्रम ल्याएको छ ।
गत एक वर्षका अवधिमा घरेलु तथा साना उद्योग क्षेत्रमा रु २४ अर्ब १८ करोड लगानीसमेत भएको छ । सोही अवधिमा दुई हजार ३९५ उद्यमी थपिएको बताइएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योद्वारा एक वर्षको अवधिमा २४ अर्ब भन्दा बढीको लगानी भएको छ ।
विगत तीन वर्षका अवधिमा एक लाख ४० हजार २९५ साना घरेलु उद्योग दर्ता भएको मन्त्रालयको सूचना अधिकारी नवराज पुडासैनीले बताएका छन् । सो अवधिमा १२ हजार ३२३ नयाँ वाणिज्य फर्म पनि दर्ता भएको छ ।
‘उद्यमीको हात, प्रदेश सरकारको साथ’ भन्ने सोचका साथ बेरोजगार युवा तथा विदेशबाट फर्किएका जनशक्तिलाई लक्ष्यित गरी उत्पादन वृद्धि, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालित छ । कार्यक्रम अन्तर्गत एक हजार २९ प्रविधि हस्तान्तरण भएको उनले बताए । चौध साझा सुविधा केन्द्र तथा २१ बजार घर तथा बहुकृषि उपज केन्द्र स्थापना भएको छ । ‘एक निर्वाचन क्षेत्र, एक उद्योगग्राम’ कार्यक्रम अन्तर्गत पाँच स्थानमा उद्योगग्राम निर्माण प्रक्रिया शुरुआत भएको छ ।
दश स्थानको वातावणीय अध्ययन सम्पन्न भएको मन्त्रालयले जनाएको छ । सिन्धुलीको हरिहरपुरगढीमा तीन हजार ६०० रोपनी जमीनमा प्रदेश औद्यौगिक क्षेत्र निर्माण शुरुआत गरेको छ । शहरी क्षेत्रमा ‘एक घर, दुई बिरुवा’ र ‘सबै स्थानीय तहमा एक वडा एक बगैँचा’ अभियान कार्यक्रम अन्तर्गत शहरी क्षेत्रको सडक र नदी किनार क्षेत्रमा वृक्षरोपणसमेत गरिएको बताइएको छ । साथै उक्त मन्त्रालयले ४५ महत्वपूर्ण पदमार्गसमेत निर्माण गरेको छ ।
प्रदेशभरी करीब ४३ किलोमिटर पर्यटनमैत्री पदमार्ग निर्माण भएको बताइएको छ । हेटौँडाको मयुर धापमा नयाँ औद्यौगिक क्षेत्र स्थापनाको कार्य पनि अगाडि बढाइएको हेटौँडा औद्योथिक क्षेत्र व्यवस्थापनको कार्यालयका प्रमुख राजेन्द्र कँडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
धादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’
बैशाख १९, २०८१ बुधबार
चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
डोल्पाको तापिरिचा विद्यालय
बैशाख २१, २०८१ शुक्रबार