६८ औं जिल्लाका रुपमा नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम शुरु
नेपालबहस संवाददाता
फागुन १०, २०७७ मंगलबार ०:२:४७
१० फागुन, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा स्वास्थ्य बीमा दर्ता कार्यक्रम आइतबारदेखि सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य बीमा दर्ता कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य र शिक्षाका क्षेत्र राज्यको नियन्त्रणमा हुनुपर्ने बताए ।कोभीडले समेत यो शिक्षा प्रदान गरेको भन्दै यी दुवै क्षेत्रमा राज्यको लगानी र नियन्त्रणमा हुनुपर्ने उनले बताए ।
शिक्षा र स्वास्थ्यलाई नाफाको व्यवसाय बनाउदा जनताले धेरै समस्या भोग्नुपर्ने बताउदै उनले राज्यले लगानी गरी सहज बनाउनुपर्नेमा जोड दिए । स्वास्थ्य बीमा कार्यक्रममा सबैको पहुँच होस भन्नका लागि प्रदेश सरकारले प्रदेशमा गरिबीकाे रेखामुनि रहेका अतिविपन्न परिवारको समेत आफूहरुले निशुल्क बीमा गरिदिने तयारी गरेको मुख्यमन्त्री गुरुङले बताए । नवलपुर ६८ औं जिल्लाका रुपमा बीमा कार्यक्रम शुरु भएको हो ।
जिल्लाका आठवटै स्थानीय तहमा आइतबारदेखि स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुरु गरिएको गण्डकी प्रदेश स्वास्थ्य बीमा बोर्डका संयोजक जीवलाल खरेलले बताए । जिल्लामा बीमा कार्यक्रम शुरु गर्नुपूर्व आठवटै स्थानीय तहका ९२ वटा वडामा ९२ जना दर्ता सहयोगी छनौट गरी सकिएको छ । साथै उनीहरुलाई तीन दिनको तालिम समेत प्रदान गरिसकिएको संयोजक खरेलले बताए । जिल्लामा प्रभावकारी रुपमा बीमा कार्यक्रम संचालनका लागि सबै स्थानीय तहहरुमा अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको उनले बताए ।
स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुरु गरिएपनि बीमा गर्ने परिवारको व्यक्तिले जेठ १ गतेबाट सेवा प्राप्त गर्ने गण्डकी प्रदेश स्वास्थ्य बीमा बोर्डका संयोजक खरेलले बताए । माघ, फागुन र चैत महिनामा दर्ता गर्नेले जेठ १ गतेबाट सेवा प्राप्त गर्न सक्ने भएकाले नवलपुरमा बीमाको सेवा दिन कार्य जेठ १ गतेबाट हुने उनले बताए ।
गण्डकी प्रदेशको नवौँ जिल्लाको रुपमा नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएको हो । नेपाली जनताको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाका आधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बीमा नीति विसं २०७१ को दीर्घकालीन लक्ष्यअनुसार कार्यक्रम अघि बढाइएको बोर्डका संयोजक खरेलले बताए ।
स्वास्थ्य बीमा गरी ५ जनासम्मको परिवारले ३५ सय रुपैँया बुझाएर १ लाख बराबरको स्वास्थ्य सेवा लिन सक्नेछन् । त्यस्तै ५ जनाभन्दा धेरै परिवार सदस्य भएको खण्डमा प्रतिव्यक्ति ७ सय थप गरी २० हजार बरावरको स्वास्थ्य सेवा थप हुने र प्रत्येक वर्ष नविकरण गरी बीमा गर्न सकिने संयोजक खरेलले बताए ।
७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक, रातो कार्ड भएका अपाङ्ग, एच आई भी, कुष्ठरोग तथा क्षयरोगको विरामीहरुको निशुल्क स्वास्थ्य बीमा हुने खरेलले जानकारी दिए ।
स्वास्थ्य बीमा गरेपछि स्वास्थ्य बीमाले परिचयपत्र उपलब्ध गराउने र सोही परिचय पत्रको आधारमा तोकिएका स्वास्थ्य संस्थाहरुमा गएर सेवा लिन सकिने छ । नवलपुरमा जिल्ला अस्पताल, नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रसहित सबै सरकारी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमाको उपचार सेवा लिन सकिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार