जापानमा लोकप्रिय बन्दै नेपाली घ्यू
नेपालबहस संवाददाता
फागुन ११, २०७७ मंगलबार २१:८:२०
११ फागुन,हेटौंडा । सरकारको स्वामित्वमा सञ्चालित हेटौंडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ ।
आयोजनाका प्रमुख नरेश जोशीका अनुसार गत वैशाख देखि माघ महिनासम्ममा ५१ हजार लिटर घ्यू निर्यात भएको थियो । उनले जापानमा नेपाली घ्यूको माग बढ्दै गएको र एक पटकमा सात÷आठ हजार लिटर घ्यू निर्यात हुने गरेको छ । अहिलेसम्म सात पटक घ्यू निर्यात भइसकेको छ । आयोजनाले दैनिक ५०० लिटर घ्यू उत्पादन हुने गर्छ ।
हेटौंडा औद्योगिक क्षेत्रमा ३८ रोपनी जमीनमा विसं २०३०को वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दुग्ध विकास संस्थान अन्तर्गत आयोजना स्थापना भएको थियो । आयोजनाबाट दैनिक २५ हजार लिटर दुग्ध मकवानपुर, वारा, पर्सा , सर्लाही र रौतहट जिल्लामा सङ्कलन भइरहेको छ ।
ती मध्ये प्रशोधित ६ हजार ५०० लिटर दुग्ध र १५ सय लिटर दही दैनिक बिक्रीवितरण हुने गरेको आयोजनाले जनाएको छ । आयोजनाले दैनिक ६ हजार कृषक घरपरिवारबाट दुग्ध खरीद गरी उनीहरुलाई मासिक रु तीन करोडदेखि रु पाँच करोडसम्म भुक्तानी गर्दै आएको छ । बेमौसममा रु तीन करोड र अन्य मौसममा रु पाँच करोड भुक्तानी भएको छ । आयोजनाको प्रशोधित क्षमता प्रतिघण्टा तीन हजार लिटर दुग्ध रहेको छ । यसका साथै दही, पनीर, घ्यू, मख्खन फ्रसमिल्क, लालमोहन, रसबरी, आइसक्रिम, प्रशोधित क्रिम, पेडा र खुवालगायतका दुग्ध पदार्थ उत्पादन गरी बिक्रीवितरण भइरहेको बताइएको छ ।
उत्पादित उपरोक्त दुग्ध पदार्थ वीरगन्ज, नारायणघाट र हेटौँडाको शहरी तथा ग्रामीण बजार क्षेत्रमा बिक्री हुने गरेको र थप बजार क्षेत्र बढ्दै गएको आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत सात चिस्यान केन्द्र चन्द्रनिगाहपुर, गरुडा ,नवलपुर , बरहथवा, हरैया, बसवरिया र सिम्रोनगढमा रहेको छ ।
आयोजनाको ६० हजार लिटर दूध भण्डारण क्षमता रहेको छ । दही तीन हजार लिटर, घ्यू, मख्खन ,पनीर उत्पादन क्षमताप्रति दिन ५०० केजी , फेसमिल्क ,एक हजार ५०० बोतल प्रति सिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्रतिदिन उत्पादन हुने गरेको उनले जानकारी दिए ।
बिक्रीवितरण क्षेत्रमा तीन वितरक, २८ डिलर र १९७ बिक्री बुथमार्फत बिक्री भइरहेको छ । लकडाउनमा पनि आयोजनाले आफ्नो सेवालाई निरन्तरता दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
धादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’
बैशाख १९, २०८१ बुधबार
चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
आगलागी पीडितको त्रिपालमा वास
बैशाख २१, २०८१ शुक्रबार
डीभी २०२५ को नतिजा भोलि आउने, कसरी हेर्ने ?
बैशाख २१, २०८१ शुक्रबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार