ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार १४:११:३७
१२ फागुन, काठमाडौं । कुल ऋण पूँजीलाई सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरि विभाजन गरिएको एकाईहरु नैं ऋणपत्र हो ।
कुनै पनि कम्पनीले ऋणमा लगानी गर्नका लागि आधिकारीक रुपमा तयार पारेको लिखित पत्र जसमा ऋणको रकम, ब्याजदर र भुक्तानी प्रकृया, धितो राखिएको नराखिएको अवस्थाका विषय पा शर्तहरु उल्लेख गरिएको हुन्छ । यसमा लगानीकर्ताले तोकिएको ब्याज तोकिएको समयमा पाउँछन् ।
कम्पनीले ऋणपत्र जारी गर्दा तोकिएको दर र समयमा ब्याज र साँवा पाउन नसकेमा कम्पनी खारेजीमा पठाउनका लागि समेत कारबाही चलाउन सक्छन् । त्यसैले जोखिम लिन नचाहने लगानीकर्ताका लागि ऋणपत्र लगानीको उत्तम विकल्प मान्न सकिन्छ ।
पछिल्लो समय नेपालमा बाणिज्य बैंकहरुले ऋणपत्र निष्काशन गर्ने क्रम बढेको छ । नेपालका बैंकहरुले १० वर्षे अवधि सम्मका लागि ऋणपत्र विक्री गरेका छन् ।
अर्धवार्षिक र बार्षिक रुपमा ब्याज भुक्तानी गर्नेगरि ऋणपत्र जारी गरेको पाईन्छ । ऋणपत्रबाट उठाएको रकम लगानी गरेपनि नगरेपनि दिने भनिएको ब्याज भुक्तानी गर्ने निश्चिन्त गरिएको हुन्छ । त्यसैले पनि कतिपय लगानीकर्ताले सुरक्षित लगानीका लागि ऋणपत्रका इकाइहरु खरिद गर्दछन् ।
ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले तोकिएको समयमा तोकिएको ब्याज भुक्तानी पाउने भएकाले बैंक निक्षेपमा भइरहने ब्याजदर परिवर्तनको जोखिमबाट लगानीकर्ता मुक्त हुन्छन् । त्यसैले पनि लगानीकर्ताले ऋणपत्रमा लगानी गरेको देखिन्छ ।
बैंकहरुले लगानीयोग्य रकमको अभाव हुने समस्या झेलिरहेका बेला ऋणपत्रमार्फत रकम उठाएर लगानी गर्न चाहेको देखिन्छ । पछिल्लो समय केही बैंकहरुले १० प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गरेको देखिन्छ ।
ब्याज समेत राम्रो पाउने भएपछि लगानीकर्ताका लागि सुरक्षित लगानी गर्ने राम्रो औजारका रुपमा ऋणपत्रलाई लिन सकिन्छ ।
ऋणपत्रमा लगानी गर्दा हुने फाइदा
बैंकले जारी गरेको ऋणपत्रमा शेयरधनीलाई लाभांश वितरण गर्नुअघि नै ब्याज दिनुपर्छ । नोक्सानीमा गएको अवस्थामा समेत ऋणपत्रधनीलाई अनिवार्य ब्याज भुक्तानी गर्नुपर्छ ।
ऋणपत्र धितोपत्र बजारमा समेत सुचिकृत हुने भएकाले सजिलै खरिद विक्री गर्न सकिन्छ । त्यस्तै धितो राखेर समेत ऋण लिन सकिने भएकाले लगानीकर्ताले दिर्घकालीन फाइदा लिन सक्छन् ।
कतिपय ऋणपत्र समयअवधि सकिएपछि साँवा र ब्याज भुक्तानी हुने प्रकृतिका हुन्छन भने कतिपय सेयरमा परिणत हुने खालका हुन्छन् । त्यसैले लगानीकर्ताले दिर्घकालीन फाइदा लिनका लागि ऋणपत्रको प्रकृति हेरेर लगानी गर्न सक्छन् ।
वार्षिक रुपमा एकनासको आम्दानी ढुक्कले चाहने लगानीकर्ताहरुका लागि ऋणपत्र लगानीको उत्तम विकल्प हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, चार अर्ब २१ करोडभन्दा बढीको कारोबार
जेठ १७, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ८९ करोडभन्दा बढीको कारोबार
जेठ १४, २०८१ सोमबार
नेप्सेमा दोहोरो अंकको गिरावट, चार अर्ब ४४ करोडभन्दा बढीको कारोबार
जेठ १३, २०८१ आइतबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै कुन सांसद के भने ?
जेठ २०, २०८१ आइतबार
सम्पर्कमा नआएका करिब नौ सय सहकारी खारेजी गर्न सुझाव
जेठ २०, २०८१ आइतबार
उत्तर कोरियाले थप छ सय फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाइयो
जेठ २०, २०८१ आइतबार
जुवातास खेलिरहेको अवस्थामा नगदसहित चार जना पक्राउ
जेठ २०, २०८१ आइतबार
मुख्यमन्त्री केजरीवाल आज पुन: जेल जाँदै
जेठ २०, २०८१ आइतबार
स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, चार जना घाइते
जेठ २०, २०८१ आइतबार