शिक्षकको अभावमा स्टोररुममा नै थन्किए कम्प्युटर
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार १६:५५:५७
१२ फागुन,महोत्तरी । भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै महोत्तरीका विद्यालयमा किनिएका÷दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दैछन् । जिल्लाका सामुदायिक विद्यालयले समुचित कोठा, फर्निचर र शिक्षक व्यवस्थापन नै नगरी किनेका र राज्यका निकायबाट दिइएका कम्प्युटर प्रयोगमा नआएर लामो समयदेखि थन्किँदा खिया लाग्दै गएर अब कवाडी बन्दै गएका हुन् ।
जिल्लाको सम्सी गाउँपालिका–७ स्थित जनता माविमा दुई वर्षअघि किनिएका कम्प्युटर भण्डारण कोठा (स्टोररुम) मा थन्किएका छन् । धुलाम्य भण्डार कक्षमा राखिएका २४ कम्प्युटर प्रयोगमा आउन सकेको छैन । “नेपाल सरकारको आइसिटी कार्यक्रमअन्तर्गत विद्यालयलाई कम्प्युटर प्राप्त भएका हुन्”, विद्यालयका प्रधानाध्यापक महेश्वर राय भन्छन्, “तर शिक्षक अभावमा प्रयोगात्मक सिकाइ हुन नसक्दा लाखौँ मूल्यका कम्प्युटर बिग्रदैछन् ।” विषय शिक्षकको प्रबन्धका लागि स्थानीय तह र जिल्लास्थित शिक्षा विकास समन्वय एकाइ कार्यालयमा समस्या राखिए पनि समाधान भने नभएको प्रअ रायको भनाइ छ । शिक्षक प्रबन्ध नै नगरी कम्प्युटर विद्यालयलाई दिने सरकारी नीति नै दोषपूर्ण भएको सम्सीका शिक्षाविद् बताउँछन् ।
पाठ्यक्रमअनुसार कक्षा ५ देखि नै कम्प्युटर विषय पठनपाठन गराइनु पर्छ । अहिले प्रयोगात्मक अभ्यास गराउने दक्ष शिक्षक नभएपछि कम्प्युटरसम्बन्धी पाठ्यपुस्तक फलाकेर झारा टार्ने काम मात्र भएको शिक्षक नै स्वीकार गर्छन् । सम्सी गाउँपालिकामा १३ सामुदायिक विद्यालय छन् । तर कुनै पनि विद्यालयमा कम्प्युटरको प्रयोगात्मक अभ्यास भने भएको छैन । विषयको महत्व नै अभ्यासमा रहेको हुँदा आपूmहरु कम्प्युटर सिकाइबाट बञ्चित रहेको यहाँका विद्यार्थीको गुनासो छ ।
सम्सी गाउँपालिकाका कुनै विद्यालयमा व्यवस्थापन समिति बन्न सकेको छैन । गाउँपालिकाले शिक्षामा बजेट नछुट्याउँदा अवसरबाट बञ्चित रहँदै आएका यहाँका गरिबका छोराछोरी गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित भएका सम्सी गाउँकै बासिन्दा स्थानीय सामाजिक, राजनीतिक कार्यकर्ता मोहम्मद इम्तियाज अहमदको भनाइ छ ।
सम्सीजस्तै जिल्लाकै भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरमा चार वर्षदेखि कम्प्युटर भण्डारण कक्षमा थन्किएका छन् । कम्प्युटर विषयको प्रयोगात्मक अभ्यास गराउने शिक्षक नहुँदा विद्यालयलाई प्राप्त लाखौँ मूल्यका यी सामग्री बिग्रदै गएका प्रधानाध्यापक श्रीराम यादव बताउछन् ।
यसैगरी जिल्लाकै बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लामा विसं २०७५ मै तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफ्नै संसदीय विकास कोषबाट १५ थान कम्प्युटर उपलब्ध गराएका थिए । अन्य निकायबाट थप सहयोग प्राप्त भएका समेत विद्यालयमा अहिले २४ थान कम्प्युटर छन् । तर यहाँ पनि विषय शिक्षकको अभावमा कम्प्युटर थन्केर रहेको प्रधानाध्यापक हरिदेव महतो बताउछन् । यीबाहेक जिल्लाका अन्य थुप्रै ठाउँमा कम्प्युटर विषय शिक्षकको अभावमा प्रयोगात्मक अभ्यास हुनसकेको छैन । आवश्यक भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनको चाँजो नै सुनिश्चित नगरी बाँडिएका कम्प्युटर अहिले त्यसै रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकनन्दिनी बन्यो पूर्णखोप पालिका
जेठ १७, २०८१ बिहिबार
मधेशमा विपक्षीको सरकार बनाउने कसरतमा देउवा
जेठ १६, २०८१ बुधबार
ऐतिहासिक मुक्तेश्वर मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
हान्सी फ्लिक बने बार्सिलोनाको प्रशिक्षक
जेठ १७, २०८१ बिहिबार
भारतको दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री
जेठ १७, २०८१ बिहिबार
राष्ट्रिय परिचयपत्र बनाउन लामबद्ध सेवाग्राही
जेठ १७, २०८१ बिहिबार
विद्यार्थीलाई झोला उपहार
जेठ १७, २०८१ बिहिबार
सुर्खेत जीप दुर्घटनाः मृतकको सङ्ख्या ४ पुग्यो
जेठ १७, २०८१ बिहिबार
जनकनन्दिनी बन्यो पूर्णखोप पालिका
जेठ १७, २०८१ बिहिबार