थप पाँच हजार क्विटल धान खरीद गर्दै खाद्य कम्पनी
नेपालबहस संवाददाता
फागुन १२, २०७७ बुधबार १७:४३:४६
१२ फागुन,वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ ।
शाखाले चालु आर्थिक वर्षका लागि ३० हजार क्विटल सोना मन्सुली धान खरिदको कोटा पाएकोमा हालसम्म रु ९ करोड २१ लाख १ हजार ६५ मूल्य बराबरको ३१ हजार २९६ क्विटल धान मात्र खरिद गर्न सकेकाले थप ५ हजार क्विटल धान खरिद गरी लक्ष्य भेट्ने कार्यालयका शाखा प्रमुख विकास कटुवालले जानकारी दिएका छन् ।
कम्पनीले जिरामसिनो धान ५ हजार क्विटल खरिद गर्ने लक्ष्य पाएकोमा हालसम्म रु ३ लाख ३८ हजार ४३० मूल्य बराबरको ११७ क्विटल मात्र धान खरिद गर्न सकेको छ । नेपालभन्दा भारतमा जिरामसिनो धान बढी उत्पादन भए पनि आयात हुन नसकेको तथा पर्साका किसानले थोरै मात्रामा जिरामसिनो धानको खेती गर्ने भएकाले खरीद लक्ष्य भेट्न नसकिएको हो । जिरामसिनो धानको सट्टा सोना मन्सुली धान खरिद गर्ने भनेर खरिद विभागबाट निर्देशन आएकाले थप ५ हजार क्विटल सोना मन्सुली धान खरिद गर्न लागिएको सो कार्यालयका सूचना अधिकारी मुनीलाल कुशवाहले बताएका छन् ।
सङ्घीय सरकारले यस वर्ष किसानबाट प्रति क्विटल ७ दशमलव ३५ प्रतिशत बढी मूल्यमा सोना मन्सुली धान तथा ६ दशमलव ५ प्रतिशत बढी मूल्यमा जिरामसिनो धान खरिद गर्न थालेका छन । सोना मन्सुली धान प्रति क्विटल रु २ हजार ८८५ तथा जिरामसिनो धान प्रति क्विटल २ हजार ९ सय मा खरिद गर्न थालेको छ । अघिल्लो वर्ष सो कार्यालयले २५ हजार क्विटल सोना मन्सुलीधान तथा ३२ क्विटल २५ किलो जिरामसिनो धान खरिद गरेको थियो ।
पर्सामा ८५ प्रतिशत किसान धान खेती गर्दै आइरहेका छन् । यस वर्ष पर्साका किसानले ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरी २ लाख २८ हजार ५६० मेट्रिकटन धान उत्पादन गरेका छन् । अघिल्लो वर्षभन्दा यसवर्ष पर्साका किसानले रु ७ करोड ४४ लाख १७ हजार ६०० मूल्य बराबरको २ हजार ७५० मेट्रिकटन बढी धान फलाएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिएका छन् ।
यसैगरी बारा जिल्लामा किसानले ५८ हजार २११ हेक्टर क्षेत्रफलमा धान खेती गरेकोमा २ लाख ५३ हजार ३८९ मेट्रिकटन धान उत्पादन गरेको छ । खास गरी पर्सा र बारा जिल्लाका किसानले आफूले उत्पादन गरेको धान वीरगञ्जस्थित कम्पनीलाई बेच्दै आए पनि यस वर्ष तोकिएको लक्ष्य भेट्न नसक्दा सो लक्ष्य पूरा गर्न जिरामसिनो धान खरिद बन्द गरी सोना मन्सुली धान खरिद गर्ने तर्फ कार्यालय केन्द्रित भएको छ । सोना मन्सुली धान नेपालमा सिफारिस नभएको र यो धान प्रतिबन्धित रहे पनि नेपाल सरकारले सोना मन्सुली धान खरिदलाई प्राथमिकता दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार