रामकोटलाई पर्यटकीय क्षेत्र बनाउने अभियान ओझेलमा
नेपालबहस संवाददाता
फागुन १४, २०७७ शुक्रबार १८:२९:३६
१४ फागुन,बलेवा । बाग्लुङको काठेखोला गाउँपालिका–५ को रामकोटलाई पर्यटकीय क्षेत्र बनाउने अभियान ओझेलमा परेको छ । लामो समयदेखि स्थानीय र जनप्रतिनिधिले धार्मिक गन्तव्य र पर्यटकीय क्षेत्र बनाउने आश्वासन दिए पनि पूर्वाधार निर्माण तथा अन्य क्रियाकलापले प्राथमिकता नपाएका हुन् ।
देवघाटधामका सञ्चालक ज्ञानानन्द सरस्वतीले लामो समयसम्म रामकोटको संरक्षण गरेका थिए । उनी देवघाट झरेपछि स्थानीय तह, प्रदेश र सङ्घीय क्षेत्रको बजेट तथा कार्यक्रम नपरेको हो । ज्ञानानन्द सरस्वतीका गुरु परमानन्दसमेत यही जन्मेका थिए । बिहुँमा रहेको रामकोट र त्रिपुरेश्वर मन्दिर गण्डकी प्रदेशकै अग्लो मन्दिर भएको दाबी गरिएको छ । प्रवद्र्धनात्मक कार्यक्रम भने हुन सकेको छैन ।
अग्लो स्थानमा भएकाले धेरै हिमाल र स्थान देख्न सकिन्छ । यहाँ पाँच हजार ५५५ केजीको शिवलिङ्गसमेत स्थापित छ । सयौँ रोपनी जमीनको क्षेत्रमा रहेको यो मन्दिरसँगै जङ्गल र जङ्गली जनावर संरक्षित छन् । यहाँ चितुवा, मृगलगायतका जनावर र कालिज पक्षी पनि पाइने स्थानीय भीष्म कँडेल बताउछन् । अहिले उक्त मन्दिर र आश्रम रहेको स्थानमा वस्ती पातलो भएकाले चोरी शिकारी बढेकाले संरक्षणका कार्यक्रम आवश्यक भएको उनको भनाइ छ ।
वडा तहको बजेटले सयौँ रोपनी जमीनलाई घेराबार लगाउन नसकिने भएकाले गाउँपालिका र प्रदेश सरकारसम्म माग गर्नुपर्ने उनले बताए । “कार्ययोजना बनाएर प्रदेश तहमा माग गर्नैपर्ने भएको छ”, कँडेलले भने, “धार्मिक आस्था र प्राकृतिक सौन्दर्य लोप भयो भने अर्बौंको सम्पत्ति नष्ट हुनेछ ।” यहाँ बसेका साधुसन्तले हातमै आहारा राखेर कालिज, परेवा र अन्य चराचुरुङ्गीलाई दिने गरेको जानकार बताउँछन् । सयौँ चरा मानिस झै आएर आश्रममै बस्ने गरेकाले त्यही दृश्य हेर्न पनि धेरै मानिस पुग्ने गरेका छन् ।
गाउँपालिका अध्यक्ष अमर थापाले पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने बताउछन् । नेपाल पर्यटन बोर्डको समेत लगानी ल्याउनका लागि प्रस्ताव पठाएकामा सुनुवाइ नभएको थापाले बताए । रामकोट नजिकै शिवधुरी घरवास९होमस्टे० पनि सञ्चालनमा छ । होमस्टेमा बस्ने गरी पर्यटक भित्र्याउने योजना सार्वजनिक गर्न स्थानीयवासीले पालिकामा आग्रह गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार