राष्ट्र बैंकले ब्याजदरको सीमा उल्लंघन गर्ने बैंकलाई कारवाही गर्ने
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार १७:१६:११
१७ फागुन, काठमाडौं । ब्याजदरको सीमा उल्लंघन गर्ने बैंक लाई राष्ट्र बैंकले कारवाही गर्ने बताएको छ ।
आइतबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एक परिपत्र जारी गर्दै सो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ, कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही त्रयमास सम्ममा सीमाभित्र ल्याउनु पर्नेछ ।
ब्याजदर अन्तरको सीमा उल्लङ्घन गर्ने संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारवाही गरिनेछ ।’
यस्तै, बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम बुझाउन नसकेको कारणले २०७७ पुष मसान्तसम्म कर्जा पुनरसंरचना/पुनरतालिकिकरण गर्न असमर्थ ऋणीहरुबाट शर्तहरुको अधिनमा रहि बुझाउनु पर्ने ब्याजको ५ प्रतिशत रकम असूल उपर गरी २०७८ असार मसान्तभित्र कर्जाको पुनरसंरचना/पुनरतालिकीकरण गर्न उपर्युक्त व्यवस्थाले बाधा पुगेको नमानिने पनि राष्ट्र बैंकले व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले संस्थतागत सामाजिक सुरक्षा कोषबाट हुने खर्चको बढिमा ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि गर्नु पर्ने व्यवस्था पनि गरेको छ भने “इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकले स्वीकार गर्ने स्वदेशी मुद्राको कल निक्षेपको अंश कुल स्वदेशीे निक्षेप दायित्वको १० प्रतिशत र इजाजतपत्रप्राप्त “ख” तथा “ग” वर्गका वित्तीय संस्थाहरुले स्वीकार गर्ने कल निक्षेपको अंश कुल निक्षेप दायित्वको १५ प्रतिशतभन्दा बढी कायम गर्न नपाइने वयवस्था पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
तथ्यांक नआएको भन्दै मौद्रिक नीति समीक्षा अवधि बढाइयो, संशोधन भयो कार्यविधि २०७३
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार