पर्यटक भित्र्याउन महादेव मन्दिरमा महायज्ञ
नेपालबहस संवाददाता
फागुन १७, २०७७ सोमबार २३:२३:१९
१७ फागुन,रौतहट । महाशिवरात्रिका अवसरमा मौलापुर नगरपालिकास्थित पतौरा पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै छ । नगरपालिकाले मेला तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले यही फागुन २७ गते शिवरात्रिमा मेला आयोजना गर्न लागेको उपप्रमुख गौरीशङ्कर जयसवालले बताए । सो अवसरमा नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहने छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बढाउन आयोजना हुने मेलाका अवसरमा मन्दिरमा स्थानीय तथा विशेष विधिबाट शिवको पूजाअनुष्ठान गरिने छ । फागुन २६ गतेदेखि नै मेलाको शुभारम्भ गरिने भए पनि मूलपूजा शिवरात्रिको दिन हुनेछ । सोही दिन अपराह्न १ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह, अभिनेता प्रदीप पाण्डे ’चिन्टु’ लगायत लोकप्रिय नेपाली एवम् भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।
लगातार ६ दिनसम्म रात्रि भारत वृन्दावनको मथुराका कलाकारद्वारा प्रसिद्ध शिवलीला प्रदर्शन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले पत्रकार सम्मेलनमा जानकारी दिए । साहका अनुसार फागुन २८ गते भने नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना हुनेछ । गत वर्ष पनि मधानी महायज्ञ आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरका मूल भट्टद्वारा मन्त्रोच्चारण गराई मन्दिरमा विशेष पूजा गरेकी थिइन् ।
मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर एक हजार २०० वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो । सो मन्दिर पर्यटकका लागि एउटा महत्वपूर्ण गन्तव्य बनाउन नगरपालिकाले संरक्षण एवं प्रचार गर्दैआएको छ । नेकपा प्रदेश नं २ का अध्यक्ष तथा शहरी विकासमन्त्री प्रभुु साहका पहलमा गत वर्षदेखि मन्दिरमा महायज्ञ आयोजना हुँदै आएको हो । देशका थप नयाँ सय पर्यटकीय गन्तव्यमा सो पुरातात्विक मन्दिर पनि छनोट भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार