नेकपा एकता अभियानमा गैँडाकोटमा कमिटी गठन
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १७:२८:३४
१९ फागुन,नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि अर्को एक समूहले मध्यमार्गी बाटो अपनाउँदै राष्ट्रिय एकतामा जोड दिएको छ । मङ्गलबार गैँडाकोटमा भेला भएका अभियानका केन्द्रीय सदस्य यदु सिग्देललगायत नेकपाका नेताहरुले कम्युनिष्ट पार्टी एक हुनुपर्ने बताए ।
सो अवसरमा मध्यमार्गी वामदेव गौतम समूहका पक्षमा गैँडाकोटमा १७ सदस्यीय नगरस्तरीय कमिटी गठन गरिएको छ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजकमा बाबुराम खनाल र सचिवमा नेत्रप्रसाद अधिकारीलाई चयन गरिएको हो । झलककाजी पौडेलका अध्यक्षतामा भएको कार्यक्रममा नेकपा राष्ट्रिय एकता अभियान केन्द्रीय कार्यसम्पादन कमिटी सदस्य एवं नवलपुर जिल्ला इञ्चार्ज दुर्गा भण्डारीले पार्टी विखण्डन आफूहरुलाई स्वीकार्य नहुने जनाउँदै सबै कम्युनिष्टबीच एकता हुनुपर्ने बताए ।
एकता पक्षको जिल्ला कमिटी आज गठन गरिने जनाइएको छ । यसअघि जिल्लाका कावासोती र मध्यविन्दु नगरपालिकामा समेत अभियानअन्तर्गत एकता अभियानको कमिटी गठन भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार