एकै साथ पाँच दर्जन बढी निलगाई फेला
नेपालबहस संवाददाता
फागुन २०, २०७७ बिहिबार १९:४:११
२० फागुन,जलेश्वर । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् ।
सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको निलगाई नगरपालिकाको वन क्षेत्र आसपासका खेतीबारीमा लगाइएको दलहन, तेलहन र तरकारीबालीमा हुलका हुल प्रवेश गरेर सबै बालीनाली खाइदिने गरेको मनराशिस्वा नगरपालिका– २ का वडाध्यक्ष विनोदकुमार सिंहले बताए ।
दर्जनौंको सङ्ख्यामा रहेको नीलगाई र त्यसको बाछो वन क्षेत्रको खर र झारीमा लुकेर बस्ने गरेको तथा मानिसलाई आफूतिर आएको देखेर तीव्र गतिमा भाग्ने गरेका छन् । स्थानीयवासीले वन क्षेत्रमा निलगाई फेला परेको बारेमा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइसकेका छन् ।
गर्मीयामको आगमन भएसँगै अहिले जिल्लाको उत्तरवर्ती माथिल्लो वन क्षेत्र (जङ्गल)मा विभिन्न स्थानमा डढेलो लागेका कारण वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेपछि उनीहरु तलतिर झर्न थालेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार