मौलाकालिकाको पदमार्गमा ढुङ्गामा कुँदिएका आकर्षक मूर्ति
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १७:३८:३६
२१ फागुन,नवलपुर । ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरको सिँढीमार्गको दायाँबायाँ रहेका ढुङ्गामा कलात्मक मूर्ति कुँदिएका छन् । तीन जना सहयोगीसहित १५ कलाकारको समूहले १५ दिन लगाएर सिँढीमार्गको दायाँबायाँ १६ वटा आकर्षक मूर्ति कुँदेका हुन् ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैँडाकोट, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँ र गैँडाकोट नगरपालिकाको आयोजनामा ‘आस्था’ नाम दिएर श्रीपञ्चमीको दिनबाट कार्यशाला सञ्चालन गरिएको थियो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१ मा पर्ने मौलाकालिका मन्दिरको सिँढीमार्गको दायाँबायाँ मूर्ति निर्माणपश्चात गैँडाकोट–१ का वडाध्यक्ष हरिप्रसाद सापकोटाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको स्थानमा मूर्तिले अझै सुन्दरता थपेको बताए ।
मूर्ति निर्माणका लागि स्थानीय सरकारले चाहे जति सहयोग गर्न नसकेको उल्लेख गर्दै उनले आगामी दिनमा सहयोग गर्ने बताए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले पैदलमार्गमा निर्माण भएको मूर्तिका कारण मन्दिरको महत्व अझै बढ्ने बताए ।
मूर्तिकलाले मौलाकालिका मन्दिरको धार्मिक, पौराणिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणबाट समेत महत्व बढेको लामाको भनाइ छ । मूर्ति निर्माण गरिनुमात्रै महत्वपूर्ण काम नभएकाले यसको संरक्षणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । मौलाकाली सामुदायिक वनका अध्यक्ष काशीनाथ कँडेलले मन्दिरको सिँढीमार्गमा निर्माण गरिएका मूर्तिले इतिहास लेख्ने काम गरेको बताए ।
कार्यशालाका संयोजक कलाकार भीम शर्माले कलाकारको मेहनत, ऊर्जा र सबैको सहयोगले मूर्ति निर्माण कार्यले पूर्णता पाएको बताए । मन्दिरको सिँढीमार्गमा रहेका ढुङ्गामा कलाकारले धार्मिक र प्राकृतिक मूर्ति कुँदेका छन् । कलाकारले भगवान् शिव, गणेश, काली, वनदेवी, कछुवा, हात्ती, गुप्तेश्वर शिवलिङ्गलगायतका मूर्ति निर्माण गरेका हुन् । कलाकारको मेहनतले निर्माण गरिएका धार्मिक तथा प्राकृतिक मूर्तिले मन्दिरको धार्मिक तथा पर्यटकीय महत्व अझै बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार