दुई दिनदेखि जोरायलका जङ्गलमा आगलागी
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १९:२४:२०
२१ फागुन,डोटी । जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ । घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले जानकारी दिएका छन् । दाउरा सङ्कलनका लागिसमेत प्रतिबन्ध लगाइएको उक्त जङ्गलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अन्य जङ्गलमा समेत आगो फैलिँदै गएको जोरायल गाउँपालिका–१ गोगनपानीका सोपान ओलीले बताए । उनले भने, “जङ्गलभरि आगलागी भएको छ, समयमै नियन्त्रण गर्न सकिएन भने वरपरका छिमेकी सामुदायिक वनमा समेत आगो फैलिने डर भएको छ ।”
आगलागीका कारण ती क्षेत्रका सामुदायिक वनमा उम्रिएका स–साना बोट बिरुका साथै जडीबुटीसमेत जलेर खरानी हुन थालेको स्थानीयवासीको भनाइ छ । आगोले सो क्षेत्रमा रहेका सल्ला, बाज, गुराँस तथा सम्मे, सतुवा, झ्याउ, कुरिलो, तेजपात, कटुकीलगायतका बहुमूल्य जडीबुटीसमेत नष्ट हुँदै गएका जोरायल गाउँपालिका–१ का वडासदस्य छपेश मल्लले जानकारी दिए । उनका अनुसार आगोका कारण जडीबुटीको क्षतिको यकिन विवरण सङ्कलन गर्न सकिएको छैन । अहिले पनि स्थानीयवासी तथा उपभोक्ता समितिका पदाधिकारी मिलेर आगो निभाउने प्रयास भइरहेको बताइएको छ ।
उक्त क्षेत्रमा सल्ला बढी भएको र सल्लाको खोटो जम्मा भएको ठाउँमा आगो निभाउन समस्या भइरहेको अर्का स्थानीयवासी कलकबहादुर बोहराले जानकारी दिए । ती क्षेत्रमा तीव्र गतिको हावा चल्ने गरेका कारण आगो नियन्त्रणमा लिन नसकिएको वडाध्यक्ष भोजबहादुर मल्लले बताए । उनले भने, “जोरायल क्षेत्रमा हिजोआज दिउँसोको समयमा तीव्ररुपमा हावा चल्न थालेका कारण आगो निभाउन सकिएको छैन, हामी सबै मिलेर आगो नियन्त्रणमा लिने प्रयासमा छौँ ।” उनका अनुसार आगो नियन्त्रणमा लिन अहिले सो क्षेत्रमा अग्निरेखा बनाउने काम भइरहेको छ । उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जिल्लाका जोरायललगायत अन्य क्षेत्रका सामुदायिक वनमा एक हप्ता पहिलेदेखि आगलागी भएको बताए । उनले भने, “जिल्लामा यो वर्ष खासै पानी नपरेका कारण झारपात सुकेर आगलागी भएको छ, आगो निभाउने प्रयास भइरहेको छ, सम्भवतः चाँडै आगलागी नियन्त्रणमा लिने छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
महेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो
जेठ ९, २०८१ बुधबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
प्रेस मञ्च बाराका अध्यक्ष पवन यादव प्रेस युनियनमा प्रवेश
जेठ ११, २०८१ शुक्रबार
कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
जेठ ११, २०८१ शुक्रबार
अमेरिकामा चिनियाँ विद्युतीय सवारी साधनमा शुल्क बढाउने निर्णयमा मस्कले जनाए विरोध
जेठ ११, २०८१ शुक्रबार
जाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
अप्रिलमा जापानको मुद्रास्फीतिमा सामान्य कमी
जेठ ११, २०८१ शुक्रबार