आन्तरिक पर्यटकको गन्तव्य बन्दै ढोरपाटन
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १९:४८:३९
२१ फागुन,बलेवा । नेपाल शिक्षक सङ्घले पालिकास्तरीय भेला गर्दा जैमिनीको हाँडीकोट, गलकोटको निलुवा, ढोरपाटन र निसीको पातीहाल्नेका पर्यटकीय क्षेत्र रोज्यो । राष्ट्रिय युवा सङ्घ र नेपाल तरुण दलको भेला पनि जैमिनीकै हाँडीकोटमा भए ।
सदरमुकामकै अमर आदर्श माविको शैक्षिक भ्रमण टोलीले यस वर्ष ढोरपाटनलाई प्रमुख गन्तव्य बनायो । गलकोट दरबार र टेउवास्थित अन्तर्राष्ट्रिय मूर्तिकला केन्द्र र गाईघाट झरना पुगेर टोलीले भ्रमण गरेको थियो । यी त उदाहरणमात्रै हुन् । पछिल्लो समय आन्तरिक पर्यटनका लागि बाग्लुङ प्राथमिकतामा पर्न थालेको छ । “पहिला घुम्न पोखरा जान्थ्यौँ, अहिले कालिका र पञ्चकोट हेर्न पोखराका धेरै मानिस आउन थालेका छन्”, बाग्लुङ पर्यटन समितिका अध्यक्ष राजु खड्काले भने, “हाम्रा क्षेत्रले पनि पर्यटक आकर्षण गर्न सक्छन् भन्ने देखाउन पायौँ ।”
कोरोना महामारीका कारण विदेशी पर्यटक आउन सक्ने अवस्था छैन । यसअवधिमा बाग्लुङ आएका आन्तरिक पर्यटकले आम्दानीमात्रै नभई पर्यटकीय क्षेत्रको प्रचारसमेत भएको छ । कोरोना सङ्क्रमण हटेको र लकडाउन खुला भएको अवसरमा अघिल्लो महिना होटल सङ्घ बाग्लुङले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बाग्लुङदेखि ढोरपाटन, गाईघाट, घुम्टेलगायतका स्थानमा मोटरसाइकल यात्रासमेत गरायो । तत्काल विदेशी पर्यटक नआउने अवस्था भएकाले जिल्लाभित्रै घुम्ने संस्कृतिको विकास गरिएको अध्यक्ष निलेस राजभण्डारीले बताए ।
“गाउँघरकै वातावरणमा घुम्न पाइने, जैविक खाना र ग्रामीण बस्तीलाई प्रवद्र्धन गर्ने लक्ष्यमा साथ दियौँ”, राजभण्डारीले भने, “व्यवसाय बढाउने नयाँ तरिका पनि बनायौँ ।” जिल्लाभित्रका गन्तव्य बढाउन र प्रचार गर्न बाग्लुङ पर्यटन समितिले प्याकेजका कार्यक्रमसमेत बनाएको छ । सदरमुकाम नजिकै रहेको पञ्चकोटमा दैनिक हजारौँको सङ्ख्यामा पर्यटक पुग्छन् । त्यहाँ पुग्ने पर्यटक धेरै घुम्नकै लागि पुगेको पाइन्छ भने केही समूह सङ्गठन र संस्थाले बैठकका लागिसमेत पञ्चकोट रोज्ने गरेका छन् ।
बाग्लुङमा पछिल्लो पटक निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको बाङ्गेचौर अदुवारी संसारकै लामो झोलुङ्गे पुलको क्षेत्रसमेत रोजाइमा पर्न थालेको छ । कोभिड–१९ त्रास केही कम भएपछि सीमित सदस्य सङ्ख्या लिएर वनभोजमा निस्किएको अखिल नेपाल महिला सङ्घले पुल छेवैमा बसेर आफ्नो भेलासमेत सम्पन्न गर्यो । “होटल रेष्टुराँका हलमा भेला गर्दा हुने खर्चको बचत हुने, हाम्रो दायित्व पनि हो नयाँ गन्तव्यको प्रचार गर्नु हो”, पर्यटकीय ठाउँको प्रचार सङ्घमा आबद्ध महिला नेत्री ललिता थापाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुनाटपरी बुन्न महिलाहरुलाई भ्याइनभ्याइ
बैशाख १८, २०८१ मंगलबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार