शिक्षक संघ स्याङ्जाको प्रतिनिधि सभा सम्पन्न
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १९:१९:५९
२३ फागुन, काठमाडौं । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति स्याङ्जाद्वारा आयोजित २२ औं जिल्ला प्रतिनिधि सभा तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सांसद माननीय भागवत प्रकाश मल्लको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गर्ने शिक्षक संघमा आबद्ध शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो । सो कार्यक्रमको सभापतित्व शिक्षक संघ स्याङ्जाका अध्यक्ष लक्ष्मी रेग्मीले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद भागवत् प्रकाश मल्लले शिक्षकहरु राज्यका गहना भएकाले समाज रुपान्तरणमा उनीहरुको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्दै सामाजिक तथा शैक्षिक विकृति र विसङ्गतिका विरुद्ध शिक्षक संघ अग्र मोर्चामा रहनुपर्ने विचार राखे । उनले भने, ‘शिक्षकले नेतृत्व गरेको समाज सभ्य र सुसंस्कृत हुनुपर्छ, शिक्षकले समाज र राज्यलाई नै पथप्रदर्शन गर्नुपर्दछ’ ।
त्यस्तै, विशिष्ट अतिथि वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँडले शिक्षकहरुले पठनपाठनका अतिरिक्त सामाजिक रुपान्तरणमा समेत योगदान दिनुपर्ने धारणा व्यक्त गरे ।
शिक्षक संघकी उपाध्यक्ष सीता गौडेलले पछिल्लो समय राज्यले शिक्षकका मागहरुप्रति वेवास्ता गरिरहेकाले शिक्षकहरु एकताबद्ध भएर आफ्नाे अधिकारका लागि आवाज उठाउनु आवश्यक रहेको धारणा व्यक्त गरिन ।
शिक्षक संघका अध्यक्ष लक्ष्मी रेग्मीले अबका शिक्षकहरु विज्ञान र प्रविधिका क्षेत्रमा समेत अब्बल बन्दै कर्तव्यपथमा अविचलित रुपमा लागिरहनुपर्ने धारणा व्यक्त गर्दै शिक्षकको पेसालाई कमजोर रुपमा आँकलन गर्ने गल्ती राज्यले गर्न नहुने धारणा राखे ।
सो कार्यक्रममा हिमलाल पंगेनी, ढुण्डीराज न्यौपाने, गायत्री आचार्य, गोपाल भट्टराई, ध्रुव पंगेनी, विष्णु पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षण पेसामा दीर्घ सेवा गरेर योगदान पु¥याउने तथा नवनियुक्त हुनभएका शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुनाटपरी बुन्न महिलाहरुलाई भ्याइनभ्याइ
बैशाख १८, २०८१ मंगलबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार