उद्योग वाणिज्य संघको अधिवेशनबाट अध्यक्षमा पसछे विजयी
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार १८:३७:१६
२४ फागुन, बनेपा । काभ्रे उद्योग वाणिज्य संघको ४१औँ साधारणसभा तथा अधिवेशनबाट राजेन्द्र पसछे विजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको मतदानले पसछेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
निर्वाचन समितिका संयोजक लक्ष्मीलाल राजभण्डारीले विजयी समूहको नाम सार्वजनिक गर्नुहुँदै पसछेले ५४० मत ल्याएर निकटतम प्रतिस्पर्धी वसन्तनारायण भोछिभोयालाई १०१ को फरकमा विजयी हासिल गरेर विजयी भएको घोषणा गरेको हो । भोछिभोयाले ४३९ मत प्राप्त गरेकाे थियो । सङ्घको वरिष्ठ उपाध्यक्षमा प्रताव वैद्य निर्विरोध निर्वाचन हुनुभएको थियो भने अर्का उपाध्यक्षमा ग्रोवेन तौजले ६०२ र कैलाश पलाञ्चोकले ६९८ मत प्राप्त गरी विजयी भएको छ ।
सङ्घको महासचिवमा रवीन्द्र बैदार ५९० मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी विकास शर्मा तिमल्सिनालाई पछि पार्दै विजयी हुनुभएको हो । तिमल्सिनाले ३६४ मत प्राप्त गर्नुभएको थियो । सचिवमा भने यशकुमार रञ्जीत निर्विरोध निर्वाचित हुनुभएको थियो ।
त्यस्तै सङ्घको कोषाध्यक्षमा रञ्जीत पलाञ्चोके विजयी हुनुभएको छ भने सहसचिव पदमा हरि कर्माचार्य, सहकोषाध्यक्षमा सुविन्द्र राजभण्डारी, मुख्य संयोजकमा राजेशकुमार श्रेष्ठ निर्विरोध हुनुभएको थियो । सहमुख्य संयोजकमा रुसन श्रेष्ठ विजयी हुनुभएको छ ।
खुला सदस्यमा मानकाजी प्रधान, रामकुमार श्रेष्ठ(बि), अमरनाथ बादे श्रेष्ठ, भीमप्रसाद आचार्य, रामकुमार श्रेष्ठ९ए०, उमेशरत्न शाक्य, दमनकुमार श्रेष्ठ, रवि तौजले, रोहितकुमार श्रेष्ठ र श्यामकुमार भालु मुनाल विजयी हुनुभएको छ । महिला सदस्य इन्द्रलक्ष्मी श्रेष्ठ, कुमुदा वैद्य, क्षेत्रगत श्रीकृष्ण थापा, सुरेन्द्र सुद्धकार, सुमन चौप्रधान, विकासकुमार श्रेष्ठ र एशोसियटतर्फ साजन शाक्य निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक राजभण्डारीले बताउनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार