औद्योगिक राहत कोष स्थापना
नेपालबहस संवाददाता
फागुन २४, २०७७ सोमबार २२:१७:४८
२४ फागुन, चितवन । उद्योग संघ चितवनले औद्योगिक राहत कोष स्थापना गरेको छ । उद्योगमा विपत् आइपर्दा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो ।
सङ्घका अध्यक्ष राजु पौडेलले आफूले रु एक लाख राखेर कोषको शुभारम्भ गरेको बताए । उनले भने, “कोषमा रकम जम्मा गरेअनुसार विपत् पर्दा छ महीनासम्म बिनाव्याज सहयोग गरिनेछ ।” कोषमा जम्मा गरेको रकमको रु १०० गुणा गर्दा आउने रकम बराबरको सहयोग छ महीनाका लागि गरिनेछ । यस्तो सहयोग अधिकतम रु ५० लाखसम्म मात्रै उपलब्ध गराइने उनले जानकारी दिए ।
भूकम्प, आगलागी, बाढीपहिरो जस्तो विपत्ले उद्योग पूर्णरुपमा क्षति भई पुनःसञ्चालन गर्न सहयोग उपलब्ध गराइने छ । संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार विपत् पर्दा तत्काल उद्योग सञ्चालन गर्न कठिन हुने भएकाले यस्तो व्यवस्था गरिएको हो । उनले भने, “नेपालमा पहिलोपटक हामीले यो अभियान शुरु गरेका छौँ ।”
अभियानलाई स्थानीय पालिकाले पनि सहयोग गरिरहेका छन् । हालसम्म कोषमा रु २० लाख जम्मा भइसकेको छ । कालिका र खैरहनी नगरपालिकाले रु पाँच÷पाँच लाखको सम्झौता भइसकेको छ भने अन्य पालिकाहरुमा सम्झौताको चरणमा रहेको छ ।
सङ्घका उपाध्यक्ष योगराज ओस्तीले जिल्लाका २०० उद्योग यस अभियानमा तत्काल जोडिने अपेक्षा गरिएको बताए । उनले बीमाबाट र थप ऋण पाइनसकेका अवस्थामा तत्काल उद्योग सञ्चालन गर्न कोष प्रभावकारी हुने जानकारी दिए । उद्योगी र पालिका सकारात्मक रहेकाले कोष प्रभावकारी बन्ने उनको भनाइ छ ।
कोषबाट सहयोग लिने उद्योगले अनिवार्यरुपमा कोषमा रकम जम्मा गरेको हुनुपर्ने छ । यस्तो सहयोग रकम बीमाबाट पाएपछि पुनःकोषमै फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । उद्योगी मदन पोखरेलले जिल्लामा विपत्का कारण वर्षेनी उद्योगमा क्षति हुने गरेको र कतिपय उद्योग तत्काल पूँजीको अभावमा सञ्चालन गर्न नसकेर बन्दै भएको अवस्थासमेत रहेको बताए । जिल्लामा तीन हजारभन्दा बढी साना ठूला उद्योग रहेका छन् । तराईको ठाउँ भएकाले गर्मी मौसममा आगलागी र वर्षात्मा बाढी र डुबानको समस्या हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार