आलु भित्र्याएर मनाए वालिङका महिलाहरुले अन्तर्राष्ट्रिय महिला दिवस
नेपालबहस संवाददाता
फागुन २४, २०७७ मंगलबार १:१३:२२
२४ फागुन, वालिङ । वालिङका महिलाहरुले आफ्नै उत्पादन भित्र्याएर अन्तर्राष्ट्रिय महिला दिवश मनाएकाछन् । वालिङ ८ को समाज सुधार बहुउदेश्यीय आमा समूहका सदस्यहरुले आफैहरुले सामुहिक रुपमा उत्पादन गरेको आलु भित्र्याएर दिवस मनाएका हुन् ।
वालिङको मूख्य बजारका ७० जना महिलाहरुको सक्रियतामा स्थापना भएको समूहले सामुहिक खेती अन्तरगत आलु खेती गरेको समूहका अध्यक्ष प्रेमकुमारी रेग्मीले बताइन् ।
दियालो संस्थाले उपलव्ध गराएको आलुको बिउलाई सामुहिक रुपमा लगाईएको र उत्पादन पनि राम्रो भएको संस्थाका सचिव ईन्दिरा गैह्रेले बताइन ।वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी समूहकी अध्यक्ष समेत रहेकी कविता भूषालले भनिन्, “सामुहिक रुपमा खेती गर्दा निक्कै आनन्द आएको छ । अब हामी यसलाई निरन्तरता दिन्छौं ।”
उत्पादन भएको आलु सदस्यहरुलाई नै बिक्री गरीने र समूहको कोष बृद्धि गरीने अध्यक्ष रेग्मीले स्पष्ट पारिन् । उनले थपिन् “आगामी दिनमा सामुहिक खेतीको लागि अरुको भर पर्नु नपर्ने अवस्थामा पुग्न हामीहरु लागि परेका छौंं ।”
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत सो समूहले ५ रोपनी जग्गा लिजमा लिएर आलु खेती गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुनाटपरी बुन्न महिलाहरुलाई भ्याइनभ्याइ
बैशाख १८, २०८१ मंगलबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर
बैशाख २१, २०८१ शुक्रबार
आजबाट ‘मनसरा’ रिलिज
बैशाख २१, २०८१ शुक्रबार
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा
बैशाख २१, २०८१ शुक्रबार
चारवटा संसदीय समितिको बैठक बस्दै
बैशाख २१, २०८१ शुक्रबार
राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित
बैशाख २१, २०८१ शुक्रबार
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट
बैशाख २१, २०८१ शुक्रबार