प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार २०:३३:५
२५ फागुन,वालिङ । भिरकोट नगरपालिका–८ मा अवस्थित खिलुङ देउराली स्वास्थ्यचौकीले शुरुआत गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै गत असोजदेखि शुरु गरिएको सेवाले स्थानीयवासी औधि खुशी भएका हुन् ।
सेवाअन्तर्गत सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी दिइँदै आएको स्वास्थ्यचौकीका प्रमुख दीपेश नेपालीले जानकारी दिए । “ग्रामीण भेगमा रहेका महिलालाई लक्ष गरी टेलिमेडिसिन सेवाको शुरुआत गरेका हौँ”, उनले भने, “अहिले यो सेवा निकै प्रभावकारी बन्दै गएको छ भने घरमै बसेर पनि सेवा लिन सक्ने अवस्था बनेकाले सहज भएको छ ।”
सेवाका लागि भिरकोट र आइपास नेपालबीच सम्झौता छ । नगरभित्र रहेका ५२ महिला स्वास्थ्य स्वयंसेविका र अनमीलाई अभिमुखीकरण गरेपश्चात् गत असोज ६ गतेदेखि टेलिमेडिसिन सेवाबाट सुरक्षित गर्भपतन र परिवार नियोजन सेवाको शुरुआत गरिएको हो ।
“प्रत्येक वडाबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहने गरी १७ जनालाई छनोट ग¥यौँ”, उनले भने, “महिला स्वयंसेविकाहरुसँग गर्भ रहेका महिलाहरुले टेलिफोन, म्यासेन्जर, भाइबर, स्काइपलगायत माध्यमहरुको प्रयोगबाट कुराकानी गर्ने र अनिच्छित गर्भपतन गर्न चाहेमा सुरक्षित गर्भपतन गराउने व्यवस्था मिलाउने कार्य हुँदै आएको छ ।”
सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत खिलुङ स्वास्थ्यचौकीमा नौ हप्तासम्मको महिलाको मञ्जुरीमा गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ । “टेलिमेडिसिन सेवा ग्रामीण भेगका महिलाहरुका लागि बढी प्रभावकारी बनेको छ”, प्रमुख नेपालीले भने, “स्वास्थ्यचौकीसम्म आउन नभ्याउने वा अझ बढी गोपनीयताका कारण घरबाटै सेवा लिनेहरु बढ्दै गएका छन् भने घरमै बसेर आवश्यक परामर्श पाउने भएकाले पनि सेवाग्राहीहरु निकै खुशी देखिन्छन् ।”
सेवा सञ्चालनका लागि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम, सञ्चार खर्च, महिला स्वयंसेविकाको मासिक खाजा खर्च, गर्भपतन गराउनेहरुका लागि आवश्यक औषधि तथा सामग्री, निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाइएको नगर प्रवक्ता दीपेन्द्र केसीले जानकारी दिए । यसको प्रयोगले सेवाको पहुँच विस्तार र सुनिश्चितता भएको तथा प्रविधिको प्रयोग पनि बढ्दै गएको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार