के घटेको बजारमा कारोबार रकम पनि घट्नु राम्रो संकेत हो र ?
नेपालबहस संवाददाता
फागुन २५, २०७७ बुधबार ०:४०:११
२५ फागुन, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २३ दशमलव २२ अंकले घटेको छ । गत पुष ५ गते संसद विघटन पश्चात तरंगित भएको शेयरबजार अझै पनि अस्थिर नै बनेको छ । पछिल्लो दिनमा सत्ताधारी दल र तिनका गतिविधिका कारण बजारमा अस्थिरता छाएको धेरैको अनुमान छ । लगातार नेप्सेमा गिरावट आउँदा बजार पूँजीकरणलगायत अन्य सूचकमा प्रभाव परेको छ ।
बजार आज २४६१.८८ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूूचक ४.४७ विन्दुले घटेर ४४५.२१ मा ओर्लेको छ । नेप्सेका अनुसार कारोवार रकम उल्लेख्य मात्रामा घटेको छ । कूल २१० कम्पनीको एक करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर रु. चार अर्ब ७५ करोड २७ लाख आठ हजार १४७ मूल्यमा खरिदबिक्री भए । बजार पुँजीकरण ३३ खर्ब ९२ अर्बमा सीमित भएको छ ।
कारोवार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल तथा पर्यटन ६८.११, जलविद्यत् ३६.३९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लागेको छ । बैंकिङ २१.७७, व्यापार ४९.८२, विकास बैंक २२, वित्त ४.४३, निर्जीवन बीमा ११४.७, उत्पादन ८८.७४, अन्य २०.४१ लघुवित्त ४७.४६, जीवन बीमा २०१.५६ र लगानी १.३४ विन्दुले घटेको छ ।
कारोवारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६५ करोड ३५ लाख ४१ हजार ८८७ बराबरको कारोवार भयो । यस्तै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु २९ करोड ६७ लाख ८७ हजार ७८० र अरुण भ्याली हाइड्रोपावर रु २९ करोड ३२ लाख ६६ हजार ८०६ कारोवार भएको छ ।
नेपाल पूर्वाधार बैंक रु २५ करोड ४९ लाख ७९ हजार ४९८, नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ६५ लाख ८४ हजार ९४६, नेपाल इन्स्योरेन्स कम्पनी रु १२ करोड ४५ लाख २३ लाख ५१४, ग्लोबल आइएमई बैंक रु १० करोड ८९ लाख २३ हजार ४२४, नबिल बैंक रु १० करोड ३९ लाख ५२ हजार १२९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु नौ करोड ५१ लाख ६९ हजार ७०० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोवारका आधारमा आज हिमालयन ऊर्जा विकास कम्पनी ९.९७, चन्द्रागिरि हिल्स ९.९२, नेपाल हाइड्रो डेभलपर ९.८८, रैराङ हाइड्रोपावर ९.७८, युनाइटेड फाइनान्स ९.७५, पञ्चकन्या माई हाइड्रोपावर ७.६९, अरुण भ्याली हाइड्रोपावर ७.२५, कालिका पावर कम्पनी ६.४०, घलेम्दी हाइड्रो ४.८० र रिडी हाइड्रोपावरका लगानीकर्ताले ४.४० प्रतिशतले कमाए ।
यस्तै, सपोर्ट माइक्रोफाइनान्स ५.१८, मिथिला लघुवित्त ४.६२, पोखरा फाइनान्स ३.५३, नारायणी डेभलपमेन्ट बैंक ३.२८, ग्लोबल आइएमई बैबंक ३.२५, साधना लघुवित्त ३.१९, मेरो माइक्रोफाइनान्स ३.०२ र युनाइटेड इदी मदी हाइड्रोपावरका लगानीकर्ताले २.५९ प्रतिशतले गुमाए ।
बजार पनि घट्यो, कारोबार पनि घट्यो
घट्दो बजारमा कारोबार घट्नुलाई सकारात्मक मानिन्छ । यदी घटेको बजारमा पनि कारोबार रकम बढेको थियो भने असामान्य अवस्थाको संकेतका रुपमा लिन सकिने बजारविज्ञहरु बताउँछन् । बजार जुन अंकले घटेको छ त्यही अनुपातमा कारोबार हुनु सामान्य रहेको विज्ञको भनाइ रहेको छ । आजको कारोबारले बजार कुनै पनि बेला उच्च् अंकले बढ्न सक्ने संकेत गरेको छ । यदी घटिहाले ता पनि उच्च अंकले बजार नघट्ने बजार विज्ञले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ८९ करोडभन्दा बढीको कारोबार
जेठ १४, २०८१ सोमबार
नेप्सेमा दोहोरो अंकको गिरावट, चार अर्ब ४४ करोडभन्दा बढीको कारोबार
जेठ १३, २०८१ आइतबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार