आज एकैपटक बैंकिङ घोटालामा १३६ विरुद्ध मुद्दा दायर
नेपालबहस संवाददाता
फागुन २५, २०७७ बुधबार ३:४१:६
२५ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा मिहिन छानबिन गरी आज एकैपटक १३६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले झण्डै रु ४० करोड बराबरको घोटाला भएको तथ्यसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । सरकारी स्वामित्वको नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि र सो फाइनान्ससमेत ‘मर्ज’ भई बनेको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा कोषको तर्फबाट सञ्चालकमा नियुक्त भएका नवौँ तहका कर्मचारी छविरमण अधिकारीले गलत तरिकाले कर्जा प्रवाह गरेको पाइएको छ । उक्त बैंक हाल नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा समाहित भएको छ ।
आयोगका अनुसार सो बैंकको दरबारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जामा न्यूनतम मापदण्डसमेत नअनाएको पाइएको छ । लापर्वाही तवरले ठूलो मात्रामा कर्जा प्रवाह भएको तथा हिनामिना, हानी नोक्सानी गरिएको पाइएको छ । धितोको मूल्याङ्कन गर्दासमेत बदनियत राखिएको पाइएको छ ।
आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक वसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, इनोभेटिक कन्सेप्ट नेपालका सञ्चालक मनोजकुमार भेटवाल, ऋणी भैरवप्रसाद भेटवाल र रविन लामासमेतलाई पक्राउ गरी विशेष अदालतमा पेश गरेको छ ।
आयोगले कूल ११ मुद्दामा फरक फरकरुपमा नागरिक लगानी कोषका तर्फबाट सञ्चालक रहेका छविरमण अधिकारीसमेत गरी १३६ विरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । उनीहरु विरुद्ध बिगोअनुसारको कारवाहीको माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा
जेठ १८, २०८१ शुक्रबार
आज काठमाडौँमा हल्का वर्षा हुने पूर्वानुमान
जेठ १८, २०८१ शुक्रबार
बेलबारीमा बाल कला महोत्सव
जेठ १८, २०८१ शुक्रबार
किसानलाई अनुदानमा ट्रयाक्टर वितरण
जेठ १८, २०८१ शुक्रबार
तनहुँको खुदीखोलामा पक्की पुल बन्दै
जेठ १८, २०८१ शुक्रबार
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प सबै ३४ आरोपमा दोषी ठहर, जुलाई ११ मा सजाय तोकिने
जेठ १८, २०८१ शुक्रबार