आरक्षको वन्यजन्तुका कारण स्थानीयलाई सास्ती
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार १६:११:१६
२६ फागुन,बलेवा । ढोरपाटन शिकार आरक्ष नाउर र झारलको शिकारका लागि प्रख्यात छ । बर्सेनि साहसिक शिकारमा भाग लिने विदेशीले नेपाल सरकारसँग अनुमति लिएर नाउर र झारलको शिकार गर्ने गरेका छन् ।
शिकार आरक्ष क्षेत्रमा जसरी विदेशी शिकारी रमाइरहेका छन् त्यसैगरी आरक्ष आसपासमा रहेका बस्तीका नागरिकलाई वन्यजन्तुका कारण सास्ती पनि छ । आरक्ष क्षेत्र आसपासका सर्वसाधारणले बर्सेनि जङ्गली जनवारका कारण मानवीय तथा पशुधनको क्षति व्यहोर्दै आएका छन् । बासस्थान, ओहोरदोहोर गर्ने बाटो, पानी र मानवीय गतिविधिका कारण दिनचर्यामा खलल आएपछि वन्यजन्तुले मानिस तथा घरपालुवा जनावरमाथि आक्रमण गर्ने गरेका छन् ।
आर्थिक वर्ष २०७६÷७७ मा मात्रै शिकार आरक्ष आसपासका बस्तीमा १४२ वटा मानवीय तथा पशुधनको क्षति भएको छ । सरकारको नियमानुसार क्षतिका आधारमा आरक्ष आसपासका सर्वसाधारणले राहत पाउँछन् । सो अवधिमा १३८ घटना चितुवाले मात्रै घटाएको तथ्याङ्क छ ।
वन्यजन्तुको आक्रमणका कारण सात जना घाइते भएको तथ्याङ्क कार्यालयसँग छ । पाँच जना सख्त घाइते भएका थिए भने दुई सामान्य घाइते भएका थिए । सख्त घाइते पाँच जनाले ढोरपाटन शिकार आरक्ष कार्यालयबाट रु चार लाख २० हजार ८६४ राहत पाएका छन् ।
सामान्य घाइते दुई जनाका लागि रु २३ हजार ६०० राहत उपलब्ध गराइएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । आरक्षबाट बस्तीमा आउने चितुवाले घरपालुवा जनावरमाथि आक्रमण गर्ने गरेको छ । चितुवाबाहेकका जङ्गली जनावरले समेत क्षति पु¥याउने गरेका छन् । सो अवधिमा आरक्ष आसपासका क्षेत्रमा १३५ घरपालुवा जनावर मारिएका छन् । रु १३ लाख ८८ हजार ५०० राहत वितरण गरिएको तथ्याङ्क आरक्ष कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
“क्षति स–साना ठाउँमा हरेक क्षेत्रमा छ”, कँडेलले भने, “हामीले क्षतिको अवस्था हेरेर राहत दिन्छौँ, तथ्याङ्क हुन्छ, त्यसैले धेरै चर्चा हुने हो ।” गत आवमा कसैले पनि जङ्गली जनावरको आक्रमणका कारण ज्यान गुमाउनु नपरेको उनले बताए ।
आरक्षमा नाउर र झारल शिकार गर्न पाइन्छ । बँदेलका कारण आरक्ष आसपासमा रहेका कयौँ किसानले लगाएको बालीनालीसमेत नष्ट हुने गरेको छ । नेपाल सरकारलाई राजश्व तिरेर गरिने शिकारका लागि विदेशी शिकारी बढी आउने गर्छन् । यहाँ अन्य ३२ प्रकारका स्तनधारी र १६४ प्रकारका पक्षी संरक्षित छन् । यहाँ छेन्टुङ गुम्बा, उत्तरगङ्गा, गुर्जाखानी, रुद्रताललगायतका धेरै पर्यटकीय क्षेत्र पनि छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार