आइतबारदेखि नेप्सेमा महिला लघुवित्त र ग्रीनलाइफको कारोबार खुल्ने
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार २१:५०:५४
२६ फागुन, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ शुक्रबारभित्र सूचीकरण गरिने भएको छ ।
दुई वटै कम्पनीको शुक्रबार आईपीओ सूचीकरण भए आइतबारदेखि कारोबार संचालन हुने भएको हो । बुधबारसम्म दुई वटै कम्पनीको आईपीओ सूचीकरणको प्रकृया अन्तिम चरणमा पुगेको नेप्सेले जनाएको छ ।
नेप्सेले शेयर सूचीकरणको लागि दुबै कम्पनीको आवश्यक सबै कागजातहरु प्राप्त भइसकेको जनाएको छ। सूचीकरणको लागि प्राप्त कागजहरु अध्ययन गरिरहेको जनाउदै नेप्सेले प्रकृया पुरा भए शुक्रबार भित्रै दुबै कम्पनीको शेयर सूचीकृत हुने जनाएको छ।
त्यस अनुसार शुक्रबार शेयर सूचीकृत भएमा आउने आइतबारदेखि दुबै कम्पनीको शेयर कारोबारमा खुल्नेछ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेड
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो।
लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो।
ग्रीनलाइफ हाइड्रोपावर
ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ८९ करोडभन्दा बढीको कारोबार
जेठ १४, २०८१ सोमबार
नेप्सेमा दोहोरो अंकको गिरावट, चार अर्ब ४४ करोडभन्दा बढीको कारोबार
जेठ १३, २०८१ आइतबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार