वल्र्डलिंक र भगिनी कम्पनीहरूले भ्वाइस अफ नेपाल सिजन–३ सँग साझेदारी गर्ने
नेपालबहस संवाददाता
फागुन २६, २०७७ बुधबार २३:४०:३३
२३ फागुन, काठमाडौं । वल्र्डलिंक कम्युनिकेशन्स् लिमिटेड र भगिनी कम्पनीहरूले भ्वाइस अफ नेपाल सिजन–३ सँग साझेदारी गर्ने भएका छन् । हिमालय टीभीले टेलिभिजन लगायत अरु सामाजिक सञ्जालका प्लेटफर्ममार्फत भ्वाइस अफ नेपालको सिजन–३ प्रस्तुत गर्न लागेको छ ।
भ्वाइस अफ नेपाल भनेको अन्र्तराष्ट्रिय गायन क्षेत्रको रियालिटी सो हो जसलाई नेपाली ढाँचा अनुसार प्रस्तुत गरिन्छ । वल्र्डलिंककाे भगिनी कम्पनीहरु नेटटिभी र नेपाली पात्रोले भ्वाइस अफ नेपालको सिजन–३ का सम्पूर्ण कार्यक्रममा साझेदारी गरेको छ । सिजन–३ कार्यक्रमका लागि चाहिने इन्टरनेट वल्र्डलिंकले उपलब्ध गराउने छ र नेटटीभीले सम्पूर्ण गतिविधिको साझेदारको रुपमा आवद्ध भएको छ ।
भ्वाइस अफ नेपाल सिजन–३ को अफिसियल ओटीटी साझेदारको रुपमा नेट टीभी एप्स र सामुदायिक साझेदारका रुपमा नेपाली पात्रो रहेको छ । ‘हामी हिमालय टीभीले प्रस्तुत गर्न लागेको भ्वाइस अफ नेपाल सिजन–३ को सम्पूर्ण गतिविधिमा आवद्ध हुन पाउँदा खुशी छौ ।’–वल्र्डलिंक कम्युनिकेशन्स् लिमिटेडका निर्देशक मनोज अग्रवालले भने–‘यो कार्यक्रमले हाम्रो देशका गायन क्षेत्रका प्रतिभाहरुलाई खोज्न तथा अवसर प्रदान गर्नेछ र हाम्रो उद्देश्य हिमालय टीभीले गरेको कार्यक्रमलाई सहायता गर्नु हो ।’
‘नेपाली जनतालाई नेटटीभीले विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम प्रदान गर्दै आइरहेकोछ । कार्यक्रम हाम्रो आईपीटीभी सेवा जडान गरेका र नेटटीभी एप्सका ग्राहकहरुले हेर्न सक्नेछन् । असम्पादित विशेष प्रस्तुतीकरणहरुको मनोरञ्जन नेटटीभीको एप्समार्फत पनि लिन सक्नेछन् । प्रस्तुतीकरणको कार्यतालिका र यसका अध्यावधिक सूचनाहरु नेपाली पात्रोमार्फत पनि लिन सकिनेछ । शीर्ष प्रतिभाहरुलाई वल्र्डलिंकले बर्षभरि निःशुल्क इन्टरनेट र आइपीटीभी सेवाहरु प्रदान गर्नेछ, यसमा हामी खुशी छौ ।’–निर्देशक अग्रवालले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार