अब कुन कम्पनीको आईपीओ भर्ने ?
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार १५:२२:३८
२७ फागुन, काठमाडौं । ज्योति लाइफ इन्स्याेरेन्सकाे आईपीओ बिक्री बन्द भएसँगै आम लगानीकर्ताको मनमा प्रश्न उब्जिएको छ । प्रश्न हो, अब कुन कम्पनीले आईपीओ निष्कासन गर्ला ?
पछिल्लो समय निष्कासन आईपीओहरुमा नयाँ रेकर्ड बन्दै गइरहेका छन् । चन्द्रागिरीको आईपीओदेखि ज्योति लाइफको आईपीओसम्म आईपुग्दा सबै कम्पनीको आईपीओमा नयाँ रेकर्ड बनेका छन् ।
हिजो अर्थात फागुन २६ गते बिक्री बन्द गरिएको ज्योति लाईफको आईपीओमा साढे १८ लाख आवेदकले आवेदन दिए । जुन अहिलेसम्म सबैंभन्दा बढी आवेदन हो ।
अब कुन कम्पनीको आईपीओ भर्न पाइने ?
अब सर्बसाधारण लगानीकर्ताले हाइड्रो कम्पनीको आईपीओ भर्न पाउने भएका छन् । लगानीकर्ता आगामी हप्ता अर्थात चैत ६ गतेदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिन पाउनेछन् ।
सर्वसाधारणका लागि कति कित्ता आईपीओ निष्कासन हुने ?
कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीले कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ ।
बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । यसअघि स्थानीयहरुको लागि शेयर विक्री खुल्ला गरेको कम्पनीले अब भने सर्वसाधरणको लागि आईपीओ सार्वजनिक गर्न लागेको हो ।
कति कित्ता आईपीओको लागि आवेदन दिन सकिने ?
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा कहिलेसम्म आवेदन दिन सकिने ?
कम्पनीको आईपीओमा छिटोमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा चैत २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार