हुम्लामा जलवायु कचहरी कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार १६:५४:२२
२७ फागुन,सिमकोट । हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा जलवायु परिर्वतनसम्बन्धी जानकारी दिने हेतुले जलवायु कचहरी कार्यक्रम सम्पन्न भएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तन तथा उत्थानशील र समावेशी अभ्यासको विकास परियोजनाअन्तर्गत सर्केगाड–८ राहदेव गाउँमा शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक सहयोग, किर्डाक नेपाल र महिला कल्याण सेवाको सहजीकरण र वडा कार्यालयको समन्वयमा जलवायु कचहरी कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको तल्लो क्षेत्र बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट उच्च जोखिममा रहेकाले विभिन्न समयमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम गरिँदै आएको बताइएको छ । जलवायु परिवर्तनका असरबाट पछिल्लो समय हुम्लामा हिमपात तथा वर्षा अनियमित हुने गरेको छ ।
वडा आठका महिला, पुरुष तथा बालबालिका उपस्थितमा जलवायु कार्यक्रममा जलवायु परिवर्तनका कारण खडेरी, बाढी तथा प्रतिकूल मौसम जस्ता प्राकृतिक प्रकोप आइपरेको जानकारी गराइएको किडार्क नेपालका सामुदायिक सहजकर्ता पवित्रा देवकोटाले जानकारी दिए । जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पार्ने भए पनि विपद्को अवस्थामा सबैभन्दा शुरुमा बालबालिकालाई धेरै जोखिम हुने गरेको सहजकर्ता उनले जानकारी दिए ।
यस्ता प्रकोपले बालबालिकालाई शारीरिक र मानसिक असर गर्नुका साथै वयस्कमा भन्दा उनीहरुमा उक्त असर लामो समयसम्म रहने उनको भनाइ थियो । जलवायु परिवर्तनले सर्वव्यापी चुनौती खडा गर्ने भए पनि यसको सामना गर्नका लागि बालबालिका र जोखिममा रहेका परिवार तथा समुदायमाथि विशेष ध्यान दिन जरुरी रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार
वर्षौदेखि निरन्तर बलिरहेको ज्वाला
जेठ ९, २०८१ बुधबार