नेपाललाई तत्काल खोप उपलब्ध गराउन नसक्ने सेरम इन्स्टिच्युटको जानकारी
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार १५:६:१६
२८ फागुन, काठमाडौं । नेपालसँग कोरोना भाइरसविरुद्ध खोप खरिद सम्झौंता गरेको भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले सम्झौता अनुसार नेपाललाई बाकी खोप तत्काल उपलब्ध गराउन नसक्ने जानकारी गराएको छ।
सेरमले स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै नेपाललाई दिन बाकी खोप तत्काल उपलब्ध गराउन नसक्ने जानकारी गराएको हो । कम्पनीले अपेक्षा गरेभन्दा बढी अन्य देशका सरकारका नयाँ आवश्कता पूरा गर्न सम्झौता भएको तथा खोप उत्पादन क्षमता विस्तार गर्न नसक्ने पृष्ठभूमिमा नेपालसँग भएको सम्झौता रद्द गर्न अथवा ढुवानी पछि सार्न चाहेको सेरमले विभागलाई लेखको पत्रमा उल्लेख गरिएको छ ।
खरिद समझौता अनुसार खोप आपूर्ति नभए जारी खोप अभियान प्रभावित हुने भन्दै विभागका अधिकारीहरुले सेरमको पत्रचार प्रति चिन्ता ब्याक्त गर्दै समयमा पुरा डोज खोप उपलब्ध गराउन हुन आग्रह गरेका छन् । सरकारले सेरमसँग २० लाख कोरोना खोप खरिद समझौता गरेको थियो।
त्यसमध्ये १० लाख खोप समझौता भएको एकसाता भित्रै बाकी १० लाख तत्काल उपलब्ध गराउन नसक्ने सेरमले जानकारी गराएको हो ।भारतले सेरमद्वारा उत्पादित १० लाख डोज खोप अनुदानमा माघ पहिलो साता उपलब्ध गराएपछि नेपालले खोप अभियान सुरु गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार