राष्ट्रिय महिला अधिकार मञ्च दमकद्धारा कानूनी प्रशिक्षण कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
फागुन २९, २०७७ शनिबार २०:५८:२३
२९ फागुन, दमक । राष्ट्रिय महिला अधिकार मञ्च झापा दमकले १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरि मनाएको छ ।
महिला अधिकारका क्षेत्रमा दमकमा अग्रणी भूमिका खेलिरहेको राष्ट्रिय महिला अधिकार मञ्चले यस बर्षको अन्तराष्ट्रिय महिला दिवसमा दमकका १० वटै वडाहरुको संयोजनमा विभिन्न अभियानहरु सञ्चालन गरि मनाएको राष्ट्रिय महिला अधिकार मञ्च दमककी अध्यक्ष रमा लिम्बुले नेपालबहस डटकमलाई जानकारी दिइन् ।
महिलाहरुलाई दिवसमा मात्रै सिमित राख्न नहुने र महिला अधिकारको शुनिश्चितताका लागि घरघरबाटै अभियान सञ्चालन गर्न जरुरी रहेको राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मन्धरा चिमरिया पौडेलले बताएकी छिन् । अधिकार र जिम्मेबारी दुबै क्षेत्रबाट अहिले पनि महिलाहरु बञ्चित हुनुपरिरहेको तितो यथार्थतालाई चिर्न सके मात्रै वास्तविक अर्थमा महिला अधिकार स्थापित भएको महशुस गर्न सकिने कुरामा पौडेलको जोड रहेको छ ।
महिलाहरु राजनैतिक तथा प्रशासनिक नेतृत्वको उच्च तहमा पुगे पनि महिलाहरुको अधिकारका क्षेत्रमा कुनै दर्बिलो कार्ययोजना र कानूनहरु बन्न नसक्नु आफैमा लाजमर्दो कुरा हो । महिला राष्ट्रपति, महिला सभामूख, महिला मन्त्री, महिला प्रमूख जिल्ला अधिकारी, महिला सचिव तथा अन्य उच्चतहमा जति बढी महिलाहरुको संलग्नता बढदै गैरहेको छ उति नै बढी महिला तथा बालबालिकाहरुको बलात्कार र हत्याका घटनाहरु बढदै गैरहेको छन् । यसले महिला नेतृत्वलाई नै गिज्याईरहेको छ भन्दै दमकका अग्रज महिला अधिकारकर्मीहरु अत्यन्तै आक्रोसित र उत्तिकै चिन्तित समेत देखिएका छन् ।
यसै क्रममा नारि दिवसको अवसर पारेर राष्ट्रिय महिला अधिकार मञ्च दमकको सकृयतामा महिला हिंसा सम्बन्धि कानून र महिला माथि हुने जघन्य प्रकारका हत्या, हिंसा र बलात्कारका विद्यामान कानूनी ब्यवधानहरुका बिषयमा कानूनी प्रशिक्षण सम्पन्न गरेको छ ।
मञ्चका जिल्ला अध्यक्ष पुनम संग्रौलाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्च दमकका र राष्ट्रिय महिला अधिकार मञ्च झापाका गरी करिब १०० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मन्धरा चिमरिया पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा कानूनले महिलालाई प्रदान गरेको अधिकार, महिला माथि भैरहेका घरेलु हिंसा, किशोरीहरुमाथि निरन्तरको बलात्कार र हत्याका श्रृङ्गखलाहरुको बारेमा प्रशिक्षण दिईएको थियो । महिला र किशोरी माथिको निरन्तरको शोषण र दमनका घटनाहरुको निरन्तरको बढोत्तरीले हामी महिलाहरु अझै पनि सुरक्षित छैनौ भन्ने आभास भैरहेको प्रति चिन्ता ब्यक्त गर्दै मञ्चकी नगर समिति सदस्य कबिता उप्रेतीले महिलालाई शसक्त पुरुषले हैन महिला आफैले बनाउनु पर्ने कुरामा जोड दिएकी थिइन् ।
मञ्चकी नगर समिति सदस्य लक्ष्मि बिष्ट बस्नेतले कानूनले महिलालाई समान अधिकार प्रदान गरे पनि ब्यबहारमा समानता पाउन नसकिरहेको कुरा प्रति चिन्ता ब्यक्त गर्दै यसकालागि घर परिवारबाटै अधिकार सुनिश्चितताको ग्यारेन्टी हुनुपर्ने कुरामा जोड दिएकी थिइन् । राष्ट्रिय महिला अधिकार मञ्च दमकले नारी दिवस कार्यक्रमको अवसर पारेर सञ्चालन गरेको उक्त कानूनी प्रशिक्षण कार्यक्रममा सडक पेटीमा मकै पोलेर आफ्नो जीवन गुजारा गर्दै आएकी ८४ बर्षिय एक वृद्धालाई हौसला स्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
राष्ट्रिय महिला अधिकार मञ्च दमककी अध्यक्ष रमा लिम्बुको सकृयतामा दमकमा अहिले मञ्चका गतिबिधिहरुले तिब्रता पाएकोमा खुसी ब्यक्त गर्दै राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मन्धरा चिमरिया पौडेलले महिला अधिकारका क्षेत्रमा अब्बल काम गरेर देखाउन राष्ट्रिय महिला अधिकार मञ्च दमक नगर समितिलाई आग्रह समेत गरेकी थिइन् ।
उक्त कानूनी प्रशिक्षणमा राष्ट्रिय महिला अधिकार मञ्च दमककी अध्यक्ष रमा लिम्बु, प्रदेश सदस्य बिना निमान लिम्बु, नगर उपाध्यक्ष पबित्रा संग्रौला, जिल्ला सदस्य झुमा सेढाँई, साबित्रा दंगाल लगायतले आप्mना विचारहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन राष्ट्रिय महिला अधिकार मञ्च दमक नगर सचिव अन्जु उप्रेतीले गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइयो
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
जेठ २, २०८१ बुधबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार
विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार