घरघरमा धारा पुगेपछि स्थानीयवासीमा खुशी
नेपालबहस संवाददाता
चैत १, २०७७ आइतबार २०:३५:२४
१ चैत,मान्म । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीको बस्तीलाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको छ । पिलीलाई कर्णाली प्रदेशकै दोस्रो सुरक्षित खानेपानी वडा घोषणा गरिएको छ । ‘फनबोर्ड’, ‘युनिसेफ’ र नगरपालिकाको सहयोग तथा मानवअधिकार तथा वातावरण विकास केन्द्र ‘हुरेन्डेक’ कालीकोटको प्राविधिक सहयोगमा पिलीका दुईवटा खानेपानी योजना सम्पन्न भएपछि बस्तीमा सुरक्षित खानेपानी आपूर्ति हुँदै आएकाले सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो ।
सुरक्षित खानेपानीयुक्त घोषणा भएको यो वडा कर्णाली प्रदेशको दोस्रो वडा हो । यसभन्दा अघि सुर्खेतको सिम्ता गाउँपालिकाको एउटा वडालाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको थियो ।
‘मेजरपाखा खानेपानी आयोजना’ र ‘भेराखोला खानेपानी आयोजना’ सम्पन्न भएपश्चात पिलीका १७५ घरधुरीमा सुरक्षित मिटरसहितका खानेपानीका धारा, जडान गरिएको खाँडाचक्र नगरपालिकाले जनाएको छ । पिलीका बासिन्दाले खानेपानीको अभाव झेल्नु नपर्ने वडाध्यक्ष रजबहादुर मल्लले बताए । “धेरै चुनौतीबीच सुरक्षित पानी प्राप्त गर्ने अवस्था आएको छ”, उनले भने, “खानेपानीको समस्या भएको ठाउँमा सुरक्षित तरिकाले स्थानीयवासीलाई खानेपानी पु¥याउनु ठूलो उपलब्धि हो ।”
स्थानीय सरकार र लगानीकर्ताको मनदेखिको सहकार्यले खानेपानीको समस्या हल गरिएको नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए । “दुईवटा खानेपानीका आयोजना सम्पन्न गर्न रु ७१ लाख ५० हजार खर्च भएको छ”, उनले भने, “यसअघि पिलीमा एक घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको थियो ।” गाउँमा खानेपानीको समस्या हुँदा टाढाबाट बोकेर ल्याउनुपर्ने बाध्यता अहिले हटेको र घरघरमै धाराको पानी प्रयोग गर्न पाएको स्थानीयवासी रामबहादुर कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ११, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठकबाट आज नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार
जेठ १०, २०८१ बिहिबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ
जेठ १०, २०८१ बिहिबार