प्रभु क्यापिटलले दियो शेयरबजार सम्बन्धीे आधारभूत तालिम
नेपालबहस संवाददाता
चैत १, २०७७ सोमबार ०:५५:१३
१ चैत, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले यही फागुन २९ गते चितवनस्थित भ्याली स्टेट कलेजको सहकार्यमा चितवनको भरतपुरमा शेयरबजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । स्मार्ट ब्यांकेट, भरतपुरको सभाहलमा आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा भ्याली स्टेट कलेजका प्राध्यापक मन मन अधिकारीले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले कार्यक्रममा सम्बोधन गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पूँजीबजार सम्बन्धी यस्ता किसिमका कार्यक्रमहरुमा बिजनेस स्कुलहरुसँग सहकार्य गर्दै प्रभु क्यापिटल अगाडि बढेको बताए । साथै कलेजहरुले आयोजना गर्ने यस्ता कार्यक्रमहरुले वित्तिय साक्षरता अभिवृद्धिमा मद्दत गर्ने उनको भनाई थियो ।
यस्तै कार्यक्रममा अतिथि युनियन लाइफ इन्स्योरेन्सका प्रदेश नं. २ का डेपुटी प्रदेश प्रमुख इन्द्रराज सुवेदीले मोफसलमा यस्ता कार्यक्रमको आयोजना हुनु सुखद पक्ष रहेको र यसले शेयरबजारको बारेमा चेतना अभिवृद्धि गर्ने बताएका थिए ।
तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए । कार्यक्रममा नेपालको शेयरबजारको अवस्था, लगानी किन गर्ने, प्राथमिक बजार तथा धितोपत्रको दोश्रो बजार, शेयर बजारलाई प्रभाव पार्ने तत्वहरुका साथै शेयर बजार विश्लेषण गर्ने आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण एवं आफ्नो पोर्टफोलियो कसरी बनाउने, लगानी व्यवस्थापन भनेको के हो लगायतका विषयमा जानकारी सहभागीहरुलाई जानकारी प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार