सानिमा बैंकसहित यी कम्पनीको शेयरमा उच्च डिमान्ड, कुनको कति ?
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १७:३५:३३
३ चैत, काठमाडौं । लामो समयदेखि करेक्सनको यात्रामा अधि बढिरहेको बजार हिजो अर्थात मंगलबार सुधारीएको हो । सामान्य सुधार आएको बजारमा खरिदकर्ता उच्च भएपनि बिक्रीकर्ता नहुँदा शेयर कारोबार भने घट्न पुगेको थियो ।
बजारमा कारोबार रकम घट्नुले बिक्रीकर्ता बजार बढ्ने मनसायका साथ शेयर होल्ड गरी बसेको जानकार बताउँछन् । त्यस्तै मंगलबार सुधारीएको बजारमा बुधबार यी दश कम्पनीको शेयरमा उच्च माग देखिएको छ ।
आज बुधबार नेप्सेमा कारोबारमा आएका कम्पनीहरुमध्येमा चन्द्रागिरि हिल्स कम्पनी, ग्रीन लाइफ हाइड्रोपावर, महिला लघुवित्त, रैरुङ हाइड्रो डेभलपमेन्ट, लक्ष्मी उन्नती कोषको शेयरको उच्च माग देखिएको हो ।
नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको आईपीओ सूचीकृत भएपश्चात आज बुधबारसम्म आइपुग्दा बढोत्तरी कै यात्रामा बढिरहेको छ । कम्पनीले माघ २३ गते, शुक्रबार एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो । सूचीकृत पश्चात कम्पनीको शेयर निरन्तर बढिरहेको छ ।
नेप्सेले चन्द्रागिरि हिल्स कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो ।
कारोबार सुरु भएदेखि चैत २ गते सम्म आईपुग्दा कम्पनीको प्रतिशेयरमूल्य १२ नजिक पुगेको छ । प्रतिशेयरमूल्य ११ सय ७५ पुग्दा शेयर बेच्ने शून्य छन् । भने शेयर खरिद गर्नेको उच्च चाप देखिन्छ । आज चन्द्रागिरीको शेयर माग गर्नेको संख्या ६ लाख ५० हजार पुगेको छन् भने बिक्रि गर्ने कोही छैनन् ।
त्यस्तै, उच्च शेयर माग हुनेको दोस्रो स्थानमा महिला लघुवित्त वित्तीय संस्था रहेको छ । बुधबार कम्पनीको शेयर ५ लाख ५० हजार कित्ता शेयरको माग भएको छ । भने शेयर बिक्री भने कोही छैनन् ।
त्यस्तै, उच्च शेयर माग हुनेको तेस्रो स्थानमा ग्रीन लाइफ हाइड्रोपावर रहेको छ । बुधबार कम्पनीको शेयर ३ लाख ६ हजार कित्ता शेयरको माग भएको छ । भने शेयर बिक्री भने कोही छैनन् ।
त्यस्तै, सानिमा बैंकको शेयरमा पनि उच्च माग देख्न सकिन्छ । कम्पनीको शेयरमा करिब डेढ लाख बढि शेयरको माग परेको छ । बिक्री गर्ने भने १३ हजार ५ सय मात्र छन् ।
त्यस्तै पाँचौ शेयरको उच्च डिमान्ड हुनेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ रहेको छ । आज ११ः३० बजेसम्म कम्पनीको १ लाख २९ हजार शेयरको माग भएको छ भने बिक्री गर्ने भने ५७ हजार मात्र रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार