नवलपुरमा जनगणना कार्यालय स्थापना
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १७:४१:४५
४ चैत,नवलपुर । राष्ट्रिय जनगणना २०७८ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । जिल्लामा तथ्याङ्क कार्यालय नभएकाले भाडाको घरमा कार्यालय स्थापना गरिएको हो ।
मङ्गलबार कावासोतीको थकालीचोकमा जिल्ला कार्यालयको स्थापनासँगै गणक र सुपरीक्षकका लागि हस्तलिखित दारखास्तसमेत आह्वान गरिएको छ । कार्यालय प्रमुख जीतेन्द्र रानाभाटकाअनुसार जिल्लामा ४६२ गणक र १०४ सुपरीवेक्षकको आवश्यकता पर्नेछ । दुवै पदका लागि चैत ५ देखि ११ गतेसम्म कार्यालयमा नै पुगेर हस्तलिखित निवेदनसहित दरखास्त फारम भरेर बुझाउन सकिने रानाभाटले जानकारी दिए ।
गणक र सुपरीवेक्षकका लागि राष्ट्रिय योजना आयोगअन्तर्गत केन्द्रीय तथ्याङ्क विभागको वेभसाइटमार्फत अनलाइन निवेदन दिन सकिने व्यवस्था छ । यद्यपि जिल्लाको सबै क्षेत्रमा इन्टरनेटको पहुँच नपुगेको भन्दै जिल्ला कार्यालयमा नै पुगेर फारम भर्न सकिने व्यवस्था गरिएको रानाभाटले जानकारी दिए ।
गणक र सुपरीवेक्षकका लागि स्थानीय, महिला, जनजाति, आदिवासी, दलित, अनुभवीलाई विशेष प्राथमिकता दिइएको रानाभाटले बताए । राष्ट्रिय जनगणनाका लागि जिल्ला कार्यालय स्थापना गरिए पनि कार्यालयका लागि आवश्यक जनशक्ति भने पर्याप्त नभएको उनले बताए । कार्यालयमा दुई जना कर्मचारीमात्रै कार्यरत भएको भन्दै उनले प्रमुख जिल्ला अधिकारीसँग काजमा कर्मचारी पठाउन आग्रह गरिएको बताए । कर्मचारी पठाउने विषयमा प्रमुख जिल्ला अधिकारी सकारात्मक देखिए पनि सबै कार्यालयमा कर्मचारी अभाव हुँदा आवश्यकताअनुसार कर्मचारी पाउन मुस्किल भएको रानाभाटको भनाइ छ ।
विसं २०७८ वैशाख २६ देखि जेठ १४ सम्म २० दिनको अवधिमा सुपरीवेक्षकद्वारा घर तथा घरपरिवारको सूचीकरण गर्ने, २०७८ जेठ २५ देखि असार ८ सम्म १५ दिनको अवधिमा गणकहरुबाट मूल गणनाको काम हुने र असार ८ गते जनगणना दिवस मनाउने कार्यक्रम छ । एक सुपरीवेक्षकले २० दिनको अवधिमा एक हजार घरपरिवारको सूचीकरण तयार गर्नुपर्ने छ । त्यस्तै एक सुपरीवेक्षकको मातहतमा रहेर चार गणकले काम गर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार