उद्योग वाणिज्य संघ पोखराको फोन पे क्युआर सेवा सञ्चालनमा
नेपालबहस संवाददाता
चैत ४, २०७७ बुधबार १८:१०:२१
४ चैत,पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले ‘डिजिटल भुक्तानी अर्थात् फोन पे क्युआर सेवा सञ्चालनमा ल्याएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ र इ–सेवा फोन पे प्रालिबीच मङ्गलबार क्युआर डिजिटल पार्टनरशीप सम्झौतामा हस्ताक्षर भएको हो ।
सङ्घले यसअघि नै इ–सेवा र क्युआ कोडमार्फत सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाएको थियो । सङ्घका अध्यक्ष नारायण कोइराला र इ–सेवा फोन पे प्रालिका प्रमुख रणनीतिक प्रबन्धक रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
गण्डकी प्रदेशसभा सदस्य तथा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विन्दुकुमार थापाले डिजिटल भुक्तानी समयको माग भएको बताए । उनले डिजिटल भुक्तानी सेवाको स्तरोन्नति गर्दै नागरिकलाई शिक्षित बनाउनुपर्ने र भ्रष्टाचार न्यूनीकरणका लागि डिजिटल भुक्तानीले सघाउने बताएका थिए ।
सङ्घका अध्यक्ष नारायण कोइरालाले सङ्घले यसअघि नै सदस्यता नवीकरण इ–सेवामार्फत गर्दै आएको जनाउँदै डिजिटल भुक्तानीले छिटोछरिटोसँगै समयको पनि बचत हुने धारणा राखे । प्रबन्धक लामिछानेले क्युआर कोडमार्फत भुक्तानी छिटोछरितो हुने, खुद्राको समस्या नहुने, पैसा कहाँ खर्च भयो भन्ने जानकारी सुरक्षित रहने बताए ।
मोबाइलमा इ–सेवा मोबाइल बैंकिङ एप्स डाउनलोड गरेर क्युआर कोड स्क्यान गर्न सकिन्छ । हाल इ–सेवा फोन पे प्रालिले ५१ वटा बैंकहरुसँग सहकार्य गर्दै आइरहेको जनाउँदै उनले यो सेवा सुरक्षित र भरपर्दो भएको दाबी गरे । उनका अनुसार अहिले इ–सेवामार्फत सर्वसाधारणले रकम आदानप्रदान गर्न, बिजुली, पानी, टेलिफोनको महसुल भुक्तानी गर्न, मोबाइल रिचार्ज गर्न, इन्टरनेटको महसुल भुक्तानी गर्न, हवाई टिकट खरीद गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कूलको शुल्क बुझाउन र बजारमा शपिङ सेवा उपयोगी हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार