दुई दिनभित्रै नयाँ प्रोटोकल जारी हुन्छ, सीमा खुल्छ !
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १३:३२:११
५ चैत, काठमाडौं । दक्षिणका सीमा नाकाबाट दुई दिनभित्रै पूर्ववत् रुपमा यात्रुबाहक सवारी साधन आउजाउ गर्न पाउने भएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीरगञ्जबाट आएको व्यवसायी र पत्रकार टोलीसँग सो जानकारी दिएका हुन् । ‘सीमा खोल्नुपर्छ भन्नेमा हामी पहिलेदेखि नै सकारात्मक छौँ ।
सीमा नखुल्दा समस्या भयो भन्ने कुरा होटल व्यवसायीबाट आइरहेको छ । बिहीबार बस्ने सीसीएमसी ‘केन्द्रीय कोभिड–१९ व्यवस्थापन केन्द्र’ को बैठकबाट यस विषयमा निर्णय गर्नेछौँ,’ ज्ञापनपत्र बुझेपछि मन्त्री पोखरेलले भने, ‘कोरोनाको संक्रमणको दौरान बाध्यात्मक अवस्थामा बन्द गरिएको थियो । अब अवस्था सामान्यतर्फ उन्मुख छ, नयाँ प्रोटोकल जारी हुन्छ, सीमा खुल्छ ।’
कोरोना भाइरसको संक्रमण रोक्न गत वर्ष चैत ११ गते सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको थियो । सरकारले पछिल्लो समय सीमा नाकाबाट पैदल यात्री र मालबाहक सवारी आउजाउ गर्न दिए पनि यात्रुबाहक सवारीको आवागमन बन्द छ । मन्त्री पोखरेलसँगको भेटमा होटल तथा पर्यटन व्यवसायी संघ, वीरगञ्जका अध्यक्ष हरि पन्तले ७० प्रतिशतभन्दा बढी पाहुना भारतीय नै हुने भएकोले सीमा नाका बन्द हुँदा होटल व्यवसायी निकै समस्यामा परेको दुखेसो पोखेका थिए । नागरिक दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार