व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशन शनिबार
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार १६:१२:५५
५ चैत,काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत ७ गते शनिबार हुने भएको छ । निजी साना तथा मझौला व्यवसायीको छाता सङ्गठनका रूपमा रहेको महासंघको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशन हुन लागेको हो । महासंघका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीमा देखिएको समस्या समाधानका लागि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।
“कोरोना महामारीको समयमा बन्द रहेका सटर खुलाउन, चिनियाँ नाकामा देखिएका समस्या सुल्झाउन र राज्यका तर्फबाट बनाइएका असहज नीतिको विरोधमा महासंघले एकढिक्का भएर काम गरेको छ”, उनले भने । यस्तै महासंघले बैंक तथा वित्तीय संस्थाले लिने ऋणको ब्याजदर तथा घरबहालको विषयमा देखिएका समस्या समाधानका लागिसमेत नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो ।
विसं २०७४ मा स्थापना भएको महासंघमा देशभरका २१ सङ्घको आबद्धता रहेको छ । महासंघको साधारणसभासँगै नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ । महासंघमा देशभरका १० हजारभन्दा बढी उद्योगी व्यवसायी आबद्ध छन् । महासंघको नयाँ नेतृत्वका लागि बुधबारै उम्मेदवारी दर्तासमेत भइसकेको छ । महासंघको भावी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष कुमार कार्की, उपाध्यक्ष माधव खरेल र महासचिव अञ्जन शाक्यले उम्मेदवारी दर्तासमेत गरिसकेका छन् । वरिष्ठ उपाध्यक्ष कार्की नेपाल व्यापार सङ्घ, उपाध्यक्ष खरेल एकता व्यापार संघ र महासचिव शाक्य रञ्जना व्यापार संघका अध्यक्ष छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
आर्थिक मन्दीको असरले रुपन्देहीमा २०७ उद्योग बन्द
जेठ १४, २०८१ सोमबार
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
जेठ १३, २०८१ आइतबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार