नेपालकै लामो पुलको परिचय दिने अभियान
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार २०:३४:२
५ चैत,बलेवा । कालीगण्डकी नदीमाथि बनेको लामो पुल । सदरमुकाम बाग्लुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारसँगा जोडिएको पाङ गाउँलाई जोडेकाले यो पुलको आफ्नै महत्व छ । ‘सिङ्गल स्पान’ प्रविधिमा ५६७ मिटर लामो बनेको संसारकै लामो पुलको भएको भन्दै ‘गिनिज बुक अफ द वर्ड’मा दाबी प्रस्तुत गरेको बाग्लुङ नगरपालिकाले यो पुललाई आफ्नै परिचय दिने अभियान पनि शुरु गरेको छ । पुलको बाग्लुङतर्फ नजिकै रहेको प्रसिद्ध बाग्लुङ कालिका भगवतीको मन्दिर, छेवैमा बन्दै गरेको बाङ्गेचौर रङगशाला, शालिग्राम बग्ने प्रसिद्ध कालीगण्डकीको महिमा र ज्योतिशहरूको गाउँ पाङलगायत महत्वपूर्ण क्षेत्रसँग जोडिएकाले यो पुलको विशेषता र महत्व निकै फराकिलो छ ।
पुललाई लामो पुलको रुपममा मात्रै परिचित गराउनुभन्दा आफ्नै नाम दिएर पर्यटन प्रबद्र्धनमा योगदान दिन नगरपालिकाले प्रक्रिया थालेको हो । पुलको नामकरणका लागि पेश भएका नामबाट उत्कृष्ट नाम छनोटका लागि बाग्लुङ नगरपालिकाले छनोट समिति गठन गरेको छ । लामो झोलुङ्गे पुलको नामकरणका लागि नगरपालिकाले सार्वजनिक सूचना गरेको थियो । सूचनाका आधारमा प्राप्त भएका नाममध्येबाट आर्थिक सांकृतिक र अन्तर्राष्ट्रिय महत्व झल्कने हिसाबले उपयुक्त तीन नाम सिफारिस गर्न नगरले सिफारिस समिति बनाएको हो । नामकरण गर्नेलाई रु २५ हजार पुरस्कार दिइने नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।
सिफारिस समितिका संयोजकमा नगर उपप्रमुख सुरेन्द्र खड्का रहेका छन् । समितिको सदस्यमा सह–प्रध्यापक विष्णुप्रसाद मैत्रेय, देवबहादुर श्रेष्ठ, पत्रकार महासङ्घ बाग्लुङका अध्यक्ष दिल शिरीष, कुश्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदी र नगरका सूचना अधिकारी युक्तप्रसाद सुवेदी रहेका छन् । नगरले सार्वजनिक गरेको सूचनाका आधारमा अनलाइन र कार्यालयमार्फत दर्जनौं नाम प्राप्त भएका छन् ।
ती नामबाट छनोट समितिले तीन नाम नगरपालिकालाई सिफारिस गर्ने छ । एउटा उत्कृष्ट नाम नगरपालिकाले छनोट गरेर पुलको नामाकरण गर्ने नगर प्रमुख जनकराज पौडेलले बताए । पुलको नामकरण पश्चात् बाग्लुङको प्रचार र पर्यटनमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ । पर्वतको पाङ र बाग्लुङ बजार ओहोरदोहोरमा सहजताका लागि बनाइएको पुल उद्घाटन पश्चात् आन्तरिक पर्यटकको रोजाइँमापर्ने गरेको छ । यो पुलमा दैनिक हजार बढी पर्यटक आउने गरेको नगरपालिकाको दाबी छ । पुलबाट देखिने हिम शृङ्खला, कालीगण्डकीको बहाव र हरियाली डाँडाकाँडाले शहरीया जनजीवनमा आत्तिएका आन्तरिक पर्यटकलाई भुलाउने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार