च्यानल नम्बर ११९ मा ‘मधेस प्लस’ सुरु
नेपालबहस संवाददाता
चैत ५, २०७७ शुक्रबार २:१५:५५
५ चैत, काठमाडौं । डिशहोमले ‘मधेस प्लस’च्यालनको प्रसारण सुरु गरेको छ ।
डश होमको च्यानलनम्बर ११९ मा ‘मधेस प्लस’ च्यानलहेर्न सकिन्छ । उक्त च्यानलमा भोजपुरी, मैथली र थारुसहित तराई–मधेसमा बोलिने स्थानीय भाषाका चलचित्र, टेलिचलचित्र, गीतसहित विविध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरिनेछ ।
हरेक शुक्रवार राति ८ बजे मैथली भाषाको समामााजिक परिवेशमा आधारित समसामयिक टेलिऋंखला ‘मिथिलाञ्चली’ प्रसारण भइरहेको छ । उक्त सिरियल दर्शकले अत्याधिक रुचाउनुका साथै राम्रो प्रतिक्रिय आएको डिशहोमले जनाएको छ ।
प्राप्त प्रतिक्रियाकै आधारमा ‘मधेस प्लस च्यानल’मार्फत डिशहोमले विभिन्न मधेस केन्द्रित कार्यक्रम प्रसारणको तयारी गरिरहेको छ । दर्शकले हरेक शनिबार दिउँसो १ः०० बजे भोजपुरी भाषामा हलिउड चलचित्र हेर्न सक्नेछन् ।
यस्तै दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रसारण भइरहेको छ । यो च्यानलमा छिट्टै स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्ने तयारी डिशहोमको छ ।
लामो समयदेखि नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गर्दै आएको छ । डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै बसेर नयाँनयाँ नेपाली, हिन्दी र अंग्रेजी चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्रमात्र प्रसारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेकोमा मधेस क्षेत्रमा प्रचलित भाषाका सामग्री समेटिएको मनोरञ्जनात्मक ‘मधेस प्लस’च्यानल संचालनमा ल्याएको हो ।
यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने विश्वास कम्पनीले लिएको छ । साथमा भोजपुरी, मैथली, थारु ल्गायतका भाषाको गीतगाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रसारण गरिने छ । जसबाट क्षेत्रीयभाषाको गीतगाउने स्थानीय कलाकारको प्रतिभालाई समेत नेपाल भर पु¥याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ ।
आगामी दिनहरुमा पनि डिशहोमले ग्राहकहरुको मनोरञ्जनका लागी भिन्नखालका सामग्री प्रसारण हुने विभिन्न च्यानलहरु थ्प गर्दै लाने उद्देश्य लिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
आर्थिक मन्दीको असरले रुपन्देहीमा २०७ उद्योग बन्द
जेठ १४, २०८१ सोमबार
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
जेठ १३, २०८१ आइतबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार