चन्द्रगढी विमानस्थलमै बन्दै हवाई इन्धनको डिपो
नेपालबहस संवाददाता
चैत ५, २०७७ शुक्रबार २:३०:४४
५ चैत, झापा । हवाई सेवालाई सहज बनाउनका लागि अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ । डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको छ । यसअघि विमानस्थलकै एक कोठा भाडामा लिएर निगमले अस्थायीरुपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको हो ।
नेपाल आयल निगम कार्यालय चारआलीका प्रमुख मनिष न्यौपानेले डिपो निर्माणका लागि विमानस्थलले छ कट्ठा जग्गा उपलब्ध गराउने सम्झौता भएको बताए । सो जग्गामा रु पाँच करोडको लगानीमा यसै आर्थिक वर्षमा ६० हजार लिटर क्षमता भएको डिपो निर्माण गरिने भएको हो ।पूर्वाधार निर्माणका लागि नेपाल आयल निगम तथा आपूर्ति मन्त्रालयले टेण्डर आह्वानका लागि पहल गर्ने भएको उनले बताए । विमानस्थलमा डिपो निर्माणसँगै छदेखि सात दिनलाई पुग्ने इन्धन भण्डारण गर्न सकिने छ ।
उनका अनुसार यसअघि चन्द्रगढी विमानस्थलका लागि चाहिने इन्धन छिमेकी मुलुक भारतको सिलगुढीबाट खरीद गरी सिधै विराटनगर पु¥याइने र गुणस्तरजाँचपछि मात्र चन्द्रगढी विमानस्थलमा ल्याउने गरिएको थियो । “स्थायी संरचना नहुँदा विराटनगरबाट ट्याङ्करमा इन्धन ल्याउने र ट्याङ्करबाटै सप्लाई गर्नुपर्ने बाध्यता थियो”, उनले भने, “अब त्यो समस्याबाट मुक्त हुन्छ । सिलगुढीबाट खरीद गरिएको इन्धन सिधै चन्द्रगढीको विमनस्थलको डिपोमा फिल्टरसहित भण्डारण गर्न सकिन्छ ।”
निगमका प्रमुख न्यौपानेले डिपोका लागि चाहिने ब्राउजरको व्यवस्थासमेत गरिसकिएको बताए। दैनिक चन्द्रगढी विमनस्थलबाट नौ वटा विमानले उडान भरिरहेको छ । जसमा पाँच वटा बुद्ध एयर, दुई वटा यति एयर, एउटा श्री र एउटा सौर्य विमानले भद्रपुरबाट काठमाडौंं उडान भरिरहेको छ ।
डिपो स्थापनासँगै सस्तो मूल्यमा सहज हिसाबले हवाई इन्धन उपलब्ध हुने पर्यटन व्यवसायी तथा अनिमेश ट्राभल्सका सञ्चालक गोपाल खनालले बताए । उनले सिलगुढीबाट विराटनगरसम्म पु¥याएर इन्धन फिल्टर गरेर ल्याउनुपर्ने झन्झटिलो र महङ्गो प्रक्रियाको अन्त्य हुने भन्दै खुशी व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
आर्थिक मन्दीको असरले रुपन्देहीमा २०७ उद्योग बन्द
जेठ १४, २०८१ सोमबार
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
शिर्ष नेताको बैठकमा कार्यादेश बारे जुटेन सहमति, आजै फेरी छलफल हुने
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका मह जोडीले आलोचनापछि मागे माफी
जेठ १४, २०८१ सोमबार
बजेटको करिब १५ प्रतिशत रकम सामाजिक सुरक्षामा खर्च
जेठ १४, २०८१ सोमबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
कांग्रेस आफ्नो अडानमा अडिग छ, सरकारमा जाने हतारो छैन : नेता डा कोइराला
जेठ १४, २०८१ सोमबार
गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
जेठ १४, २०८१ सोमबार