युएनडिपीद्धारा कृषि औजार तथा अन्य सामाग्री हस्तान्तरण
नेपालबहस संवाददाता
चैत ७, २०७७ आइतबार २:५२:३०
७ चैत, वालिङ । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले कृषि औजार सहितका सामाग्रीहरु हस्तान्तरण गरेको छ । युएनडिपीका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण र दियालो संस्थाका अध्यक्ष कविता तिवारीलाई बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिप प्रताप खाँणले कोभिड १९ (कोरोना भाइरस)का कारण बेरोजगार बन्न पुगेकाहरुलाइ कृषि तथा पशुपालन मार्फत आत्मनिर्भर बनाउदै सफल उद्यमी बनाउने नगरको योजना रहेको बताए । उत्पादन बढाउनको लागि नयाँ नयाँ प्रविधिको प्रयोग अपरिहार्य रहेको भन्दै नगर प्रमुख खाँणले सहकार्य र सहयोगका लागि युएनडिपी नेपाललाई धन्यवाद दिए ।
युएनडिपी बाट प्राप्त भएका डिप फ्रिज, मिनि थ्रेसर, मिल्क एनालाईजर, वेडर, अटोमेटिक र म्यानुअल मकै छोडाउने मेसिन लगायतका सामाग्रीहरु छनौट भएका कृषक तथा उद्यमीहरुलाई प्रदान गरिने दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकरी दिए । कृषिलाई ब्यवस्थीत, उत्पादनमुखी र आयमुलक बनाउने उद्धेश्यले वालिङमा बिभिन्न कार्यक्रम संचालन हुँदै आएको अध्यक्ष तिवारीले बताए ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत युएनडिपीले कृषि औजार तथा अन्य सामाग्री उपलव्ध गराएको बताईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
टीओआरबारे कार्यदलमा विवाद, सहमति नभएसम्म संसद बैठक रोक्न प्रतिपक्षको आग्रह
जेठ ६, २०८१ आइतबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार