तपाईकाे साप्ताहिक राशीफल [ चैत ०८ गते आइतबारदेखि चैत १४ गते शनिबारसम्म ]
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १२:५५:४९
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- साताको सुरु र अन्तको समय राम्रो रहेकोले न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलाई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडी बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ । मंगलबार दिउसोबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारीसाधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनाबश्यक टिका टिप्पणीमा समय व्यतित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- समयमा काम गर्न सकिने तथा जनताको काम समयमा सम्पन्न हुने हुँदा सामाजिक पद प्रतिष्ठा पाइने योग रहेकोछ । अध्ययन अध्यापनमा समय दिए अनुशार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । आमा वा अग्रजको सुझाबलाई मनन गर्दै अगाडी बढ्दा गन्तब्य पहिल्याउन सहज हुनेछ । घर जग्गा तथा सवारीसाधनको खरिद बिक्रिबाट मनग्गे धन लाभ हुनेछ भने मायाप्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्यम रहेकोले घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खरावी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । राजनीतिकर्मिका लागी समय अन्यदिन भन्दा मध्यम रहेकोछ । तरपनि कृषि,सहकारी तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- पढाईलेखाईमा शुक्ष्म तरिकाले गरीएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट आउने आम्दानीले आर्थिक अवस्था मजभुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ भने छुट्टिएका प्रेम सम्वन्धहरु पुनह सुचारु हुनेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश बृद्धिको गतिलो योग रहेकोछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धीमुलक काम गर्न सकिनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको गतिलो समर्थन पाउने तथा पद प्रतिष्ठा पाउने समय रहेकोछ । नयाँ काम गरी मनग्गे आम्दानी वढाउन सकिनेछ । व्यापार व्यवसायमा समय थोरै दिएपनि मनग्गे आम्दानी हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । आट पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गर्दापनि आम्दानी थोरै हुनेछ । विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आँखा सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । बिहीबार साझबाट राजनीतिमा समय लगानी गर्नेहरुले जनताको समर्थन पाउनेछन् । बिद्यामा नतिजा आफुतिर ल्याउन सकिनेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी हाईड्रोपावर,पानी तथा औषधीसँग सम्बन्धीत व्यवसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुप नै प्रगती हुनेछ । परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुनेछन् । सवारीसाधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । साताका अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । प्रेम प्रशङगमा अविश्वास बढ्नेछ भने आफन्त तथा अग्रजसँग सैद्धान्तिक राय बाजिनेछ । तरपनि विदेश भावमा गोचर गर्ने मध्यम चन्द्रमाले विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशमा वसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतीसँग सम्वन्धीत सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धीत कामहरु समयमा नै सम्पन्न हुनेछन् । मायाप्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्वन्धीत कामहरु समयमा नै सम्पन्न हुने हुँदा मन प्रशन्न रहनेछन् । मंगलबार साझबाट समय मध्यम रहेकोले कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरु सक्रिय हुनेछन् । अनावश्यक साईनो गास्ने तथा बचन दिनेहरुबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण अवसरबाट बञ्चित हुनु पर्नेछ । राजनीतिकर्मिहरुका लागी समय मध्ययम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- समय राम्रो रहेकोले लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेकोछ । लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाईलेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नयाँ काम पाउन तथा नोकरीमा वढोत्तरिको गतिलो योग रहेकोछ । नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । अग्रज,आफन्त तथा दिदि बहिनीबाट काममा तथा आर्थिक सहयोग पाईनेछ । खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय देखी गरी आएको काम सकिनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ):- साताको सुरु र अन्तको समय राम्रो रहेकोले दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यवसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाईलेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले सामान्य कुरामा अलमलिदा उपलब्धीमुलक कामहरु गुम्नसक्छ । भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुसँग मनमुटाब सिर्जना हुनेछ । ऋण,रोग तथा संकटको सामना गर्नु पर्ने हुन सक्छ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको मध्यम रहेकोले काम गर्दा ध्यान दिनुहोला ऋण तथा संकटको सामना गर्नुपर्ने हुनसक्छ । मन परेको मानिस टाडिने हुँदा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- साताको सुरु र अन्तको समय मध्यम रहेकोले पढाइ लेखाइमा मिहिनेत गरे अनुशार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यवसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । मानव निर्मित स्रोतसाधनको प्रयोग गर्दा सावधानी अपनाउनु होला नराम्रो घट्ना हुनसक्छ । मायाप्रेममा एक अर्काबिच नचाहादा नचाहादै छुट्टिनु पर्दा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाजसेवामा नताको आलोचनात्मक समर्थन रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । मंगलबार दिउसोबाट बिहीबारसम्मको समय उत्तम रहेकोले प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउदै पढाईलेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्वन्धी समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- समय उत्तम रहेकोले भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पती प्राप्त हुने हुँदा शुखसागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका मायाप्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धी पेशा व्यवसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगती गरी तपाईलाई सम्झनेछन् । घरजग्गा तथा सवारीसाधनको कारोबारबाट मनग्गे धन लाभ हुनेछ । भौतिक तथा मानव निर्मित स्रोतसाधनको प्राप्तिको योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने योग रहेकोछ । तपाईको यो साता दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको साप्ताहिक राशीफल [ साउन १ गते आइतबारदेखी साउन ०७ गते शनिबारसम्मको ]
साउन १, २०७९ आइतबार
तपाईको साप्ताहिक राशीफल [ असार २६ गते आइतबारदेखी असार ३२ गते शनिबारसम्म ]
असार २६, २०७९ आइतबार
तपाईको साप्ताहिक राशीफल [ असार १९ गते आइतबारदेखी असार २५ गते शनिबारसम्मको ]
असार १९, २०७९ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार