कोरोना जोखिम पुनः देखिँदा सुदूरका सीमामा उच्च सतर्कता
नेपालबहस संवाददाता
चैत ९, २०७७ मंगलबार ०:५९:२१
९ चैत, सुदूरपश्चिम । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि शङ्कास्पद व्यक्तिको एन्टिजेन ‘कोरोनाको सामान्य जाँच’ गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणको दर घट्दै गएसँगै पछिल्लो केही महिनादेखि सीमानाकामा एन्टिजेनको प्रयोग गरेर स्वास्थ्य जाँच गर्ने काम स्थगित गरिएको थियो । सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।
“भारतमा कोरोना बढेको खबर आइरहँदा सीमा नाकामा एन्टिजेनको पुनः व्यवस्था गरी कोरोनाको सामान्य जाँच गरेर भित्रिन दिने व्यवस्था गरेका छौँ”, महाशाखाका प्रमुख कार्कीले भने, “केही दिनदेखि मुख्य गरेर कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा यो व्यवस्था गरेकामा आवश्यकताअनुसार झुलाघाट र बैतडीका सीमा नाकामा पनि एन्टिजेनको व्यवस्था गर्ने पहल भएको छ ।”
धनगढी उपमहानगरपालिकाद्वारा आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरिएको छ । उपमहानगरपालिकाले सङ्क्रमण पुनः बढ्न सक्ने जोखिम रहेकाले भीडभाड नगर्न तथा भीडभाडमा जानै परेमा सामाजिक भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही दिनयता सङ्क्रमणको दर भने शून्य छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि हालसम्म प्रदेशमा पिसिआर पद्धतिबाट एक लाख ३७ हजार ६२३ को स्वास्थ्य परीक्षण गरिएकामा १४ हजार ६८ जनामा सङ्क्रमण देखिएको थियो । प्रदेशमा स्वास्थ्य परीक्षण गरिएको सङ्ख्या कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै पाँच प्रतिशत हो । संक्रमित मध्ये १३ हजार ८६५ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । होमआइसोलेशनमा हाल ९६ जना संक्रमित रहेका छन् ।
स्वास्थ्य महाशाखाका प्रमुख कार्की कोभिड–१९ को संक्रमण घट्दो क्रममा रहे पनि जोखिम भने नहटेको बताउछन । उनले भने, “जोखिम नघटिसकेकाले संक्रमित क्षेत्र भारतबाट प्रदेशमा भित्रिनेलाई सीमामा स्थापना गरिएको हेल्थ डेस्कमार्फत स्वास्थ्यसम्बन्धी सचेतना दिने कामसमेत भइरहेको छ ।”
लक्षण देखिएका व्यक्ति र सङ्क्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन र स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । पुस महिनासम्म प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित ५६ जनाको मृत्यु भएको थियो । त्यसयता प्रदेशमा यो रोगका कारणले हुने मृत्यु दर शून्य छ । होम आइसोलेशन र प्रदेशबाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । कोभिड–१९ को उपचार व्यवस्थापनका लागि सेती प्रदेशिक अस्पताल धनगढीलगायतका क्षेत्रमा स्थापना गरिएको कोरोना अस्पतालका श्ययाहरु खाली छन् ।
सुदूरपश्चिम प्रदेशमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप ‘कोभी शिल्ड’ पहिलो र दोस्रो चरणमा लक्षित समूहलाई दिइसकिएको छ । पहिलो चरणमा कोभिड—१९ को उपचार व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, शव व्यवस्थापनमा खटिनेलाई यो खोप दिइएको थियो । दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिलाई यो खोप दिइएको छ ।
खोप लगाएकालाई दोस्रो मात्रको खोप आगामी वैशाख ७ गतेबाट दिने तयारी भइरहेको छ । “पहिलो खोप लगाइसकेकालाई खोपको दोस्रो मात्रा लगाउन व्यवस्थापन भइरहेको छ”, स्वास्थ्य निर्देशनालय दिपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले भने, “नयाँ खोप आएपछि खोपको उपलब्धताका आधारमा अन्य उमेर समूहका व्यक्तिलाई पनि खोप लगाउने तयारी भइरहेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
महेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो
जेठ ९, २०८१ बुधबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार