मापदण्ड विपरीत पाउरोटी उद्योगमा फोहर भेटिएपछि
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १९:२०:४४
१० चैत, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा सञ्चालित पाउरोटी उद्योगमा फोहर भेटिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले गरेको अनुगमनका क्रममा यहाँ सञ्चालित उद्योगले सरसफाइको मापदण्ड पूरा नगरेको भेटिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा चार उद्योग फोहर रहेको भेटिएको छ ।
उपभोक्ताको गुनासो आएपछि शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा र खैरेनीटार बजारमा सञ्चालित उद्योग अनुगमन गर्दा सबैले मापदण्ड पूरा नगरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए ।
बेलचौताराका कृष्ण पाउरोटी, खैरेनीटारको सूर्य पाउरोटी, आयसा अरमान पाउरोटी र प्रीति बेकरी उद्योगले सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा नगरेको अनुगमनबाट भेटिएको छ । “एकातर्फ उद्योग सञ्चालनका निम्ति आवश्यक प्रक्रिया पूरा नगरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको भेटियो,” उनले भने, “न उद्योगमा उत्पादित वस्तुको लेबलिङ छ, न त सरसफाइ नै ।”
अनुगमनका क्रममा उद्योग वरपर झिङ्गा भन्किरहेको थियो भने एक दिन पछाडिको उत्पादन मिति राखेर बजार पठाउन प्याकिङ गरिएको भेटिएको थियो । यी उद्योगले मापदण्ड पूरा नगरेको पाइएपछि तीनका सञ्चालकलाई पत्रमार्फत स्थानीय प्रशासन कार्यालयमा उपस्थित हुन बोलाइएको छ ।
“अधिकांश उद्योगमा फोहर छन्, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नलिएको र व्यवस्थित तरिकाले नचलाएको पाइयो,” सहायक प्रजिअ बरालले भने, “उनीहरुलाई नियमानुसार कानूनी कारवाही गछौँ ।” उद्योग सञ्चालकलाई खाद्य ऐन २०२३ र उपभोक्ता संरक्षण ऐन र नियमावलीअनुसार कारवाही हुने उनले जानकारी दिए ।
उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै हरेक महिना बजार अनुगमन गर्नुपर्ने शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुजित हिराचनले बताए । बजार अनुगमनले उद्योगी व्यवसायीलाई अनुशासित बनाउने बताउँदै उनले व्यवसाय गर्दा उपभोक्तको हितलाई पनि ख्याल गर्न सुझाव दिए ।
जिल्ला प्रशासन कार्यालयले एक दिन अगाडि मात्रै व्यासनगरपालिका–२ मालेगबरमा सञ्चालित न्यू झलक दालमोठ उद्योग बन्द गराएको छ । उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क, अन्य उत्पादकको मिठाई आफैले प्याक गरेको भेटिएको थियो । उक्त उद्योगमा सामान खरिदको बिलसमेत भेटिएको थिएन भने उद्योगले अनुज्ञापत्र लिएको थिएन ।
अनुगमन पश्चात् उद्योगका सञ्चालक वीरेन्द्रकुमार श्रेष्ठसमेतको सहमतिमा हाल उत्पादन बन्द गरिएको छ भने उत्पादन भइसकेको वस्तुको उत्पादक स्वयंमले गुणस्तर परीक्षण गराउने सहमति भएको छ । उद्योगलाई १५ दिनभित्र सम्पूर्ण कानूनी प्रक्रिया पूरा गराउन निर्देशन दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार