प्रदेश सरकारले खेलकूदलाई महत्व दिएको छ : पृथ्वीसुब्बा गुरुङ
नेपालबहस संवाददाता
चैत १०, २०७७ बुधबार ३:१४:१८
१० चैत, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकूद क्षेत्रलाई प्रदेश सरकारले धेरै महत्व दिइरहेको बताएका छन् । लमजुङ क्व्होलासोथर गाउँपालिको खेलकूद विकास समितिले आयोजना गरेको क्व्होलासोथर गाउँपालिका लिग फुटबल प्रतियोगिताको आज समापन गर्दै उनले खेलकूद क्षेत्रको विकासका लागि प्रदेशमै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्न लागेको बताए।
पोखरामा खेलकूद स्पोर्ट भिलेज निर्माण गर्न लागिएको र पोखरा रङ्गशालाजस्तै अर्को रङ्गशाला निर्माण गर्ने अभियानमा प्रदेश लागेको तथा त्यसको नीति निर्माण गर्ने एवं विस्तृत सर्वेक्षण गर्ने अभियानमा प्रदेश सरकार रहेको मुख्यमन्त्री गुरुङको भनाइ छ ।
आज भएको फाइनल खेलमा यस गाउँपालिकाका–४ भुजुङले क्व्होलासोथर गाउँपालिका लिग कपको उपाधि हात पार्न सफल भएको छ । वडा नं ५ सिम्दीलाई ३ का विरुद्ध चार गोल गर्दै भुजुङले उपाधि चुम्न सफल भएको हो ।
दोस्रो स्थान प्राप्त गर्न सफल सिम्दीले रु ५० हजार, मेडल प्रमाणपत्र प्राप्त गरेको छ । विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले पुरस्कार वितरण गर्नुभएको थियो । गत ५ गतेदेखि सञ्चालित यस प्रतियोगितामा गाउँपालिकाका नौवटै वटाले सहभागिता थियो । आगामी दिनमा समेत यस प्रतियोगितालाई निरन्तरता दिइने खेलकूद विकास समितिका अध्यक्ष गङ्गा घलेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार