वैदेशिक रोजगारी त्यागेर स्वदेशमै रमाउन थालेका युवा
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १६:३:२१
११ चैत,झापा । पछिल्लो समय युवाहरु वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन् । मेचीनगर नगरपालिका–१० का ४१ वर्षीय विजय नेपाल त्यस्तै युवामध्येका एक हुन्, जसले खाडी मुलुक युएईको दुबईमा सात वर्ष बसेर फर्केपछि बाख्रापालन व्यवसाय गरिरहेका छन् ।
उनको ‘नेपाल कृषि फार्म’मा यतिबेला सय हाराहारीमा बोयर जातका बाख्रा हुर्किरहेका छन् । बाख्रापालनमा उनले रु एक करोड लगानी गरेमध्ये आधाचाहिँ वैदेशिक रोजगारीमा हुँदाको आर्जन नै हो । दश बिघा जमिन लिजमा लिएर दुई वर्षदेखि सञ्चालित फार्ममा छिटो हुर्किने बोयर प्रजातिका बाख्राको पाठापाठी उत्पादन गरी बेचिँदै आएको छ । उनको फार्ममा हाल १९ माउ बोयर जातका बाख्रा, २० माउ सानन जातका, १६ वटा बोयर खसी र ४० बढी पाठापाठी छन् । एउटा बीउ बोका पनि पालिएको छ । अष्ट्रेलियाबाट किनेर ल्याइएको बोयर बोकाको दाम रु पाँच लाख परेको छ ।
आफ्नै देशमा केही गर्छु भन्ने अठोटका साथ दुबईबाट घर फर्किएपछि उनले घरेलु कार्यालयमा फार्म दर्ता गरेर शुरुमा बङ्गुर र ब्रोइलर कुखुरा पालेका थिए । मेचीनगर–१० स्थित आफ्नै जग्गामा उनको बङ्गुर फार्म थियो । आम्दानी पनि राम्रै हुन थालेको थियो तर बस्ती बालिँक्दै गएपछि गाउँभित्र बङ्गुर फार्म सञ्चालन गर्न अप्ठ्यारो भयो । त्यसपछि बङ्गुर र कुखुरा फार्म बेचेको पूँजीसहित उनले मेचीनगर नगरपालिका–१४ मा १० वर्षका लागि जग्गा लिजमा लिएर बाख्रा फार्म सञ्चालन गर्न थाले । फार्ममा बाख्रालाई बस्न र घाँस खानका लागि आधुनिक खोर बनाइएको छ भने खोर बाहिर लहरे तरकारी खेती र बाख्राका लागि आवश्यक घाँसखेती गरिएको छ ।
यहाँ उत्पादित बोयरका पाठापाठी प्रतिकेजी रु दुई हजार ५०० दरले जिउँदै बिक्री हुने गरेको छ । उनका अनुसार बोयर जातका बाख्रा अष्ट्रेलियन प्रजातिका भएको हुनाले यसका पाठापाठी किन्न किसान टाढादेखि आउने गरेका छन् । बोयर बाख्राको घाँटीमा खैरा रङको घेरो हुन्छ । बोयर बाख्रा दुई वर्षमा तीनपटक ब्याउने र सानन वर्षमा दुईपटक ब्याउने गरेको उनले जानकारी दिए । तीन महिनामा पाठा झण्डै ४० केजीको हुने र बेच्न योग्य हुने उनको भनाइ छ । दैनिक ती बाख्रालाई १८० लिटर पानी र ३० केजीको हाराहारीमा पौष्टिक आहार खुवाउने गरिएको छ ।
पछिल्लो समय आधुनिक र उन्नत जातको बाख्रापालन फस्टाउँदै गएकाले बजारको समस्या छैन । पाठा हुर्कन नपाउँदै किन्न आउनेको लाइन हुन्छ । उनले बोका भए तीन महिनामा प्रतिगोटा रु एक लाख २० हजारदेखि रु एक लाख ५० हजारसम्म र पाठी भए रु एक लाखसम्ममा बिक्री हुने बताए ।
यस व्यवसायबाट सन्तुष्ट उनले पाँच वर्षभित्रमा २०० बोयर बाख्राको माउ पालेर बीउ उत्पादन केन्द्रका रूपमा फार्मलाई विकसित गर्ने बताए । “हालसम्म कसैसँग एक पैसा पनि सहयोग र अनुदान लिएको छैन”, उनले भने, “आफ्नै पौरख र बैंकबाट ऋण लिएर झण्डै रु एक करोड खर्च गरेर फार्म सञ्चालन गरेको छु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेर म्याग्दीमा २१ करोडभन्दा बढी भित्रियो
बैशाख २०, २०८१ बिहिबार
कैलालीमा तीन लाख ४० हजार पशु चौपायालाई खोप
बैशाख १९, २०८१ बुधबार
बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार