झापामा जनगणनाका लागि प्रशिक्षक प्रशिक्षण तालीम
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १६:४४:२७
११ चैत,झापा । राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थित कलबलगुडी प्रशिक्षण केन्द्रमा तालीम शुरु गरिएको हो । तालीममा झापाका ४३, इलाम, पाँचथर र ताप्लेजुङका ४२ उच्च मावि, माविका शिक्षक, स्थानीय तहका शिक्षा अधिकारीहरू र अन्य अधिकृतहरू सहभागी रहेको जिल्ला जनगणना कार्यालय चन्द्रगढीका प्रमुख चुडामणि लुइँटेलले बताए ।
तालीम संयोजक केन्द्रीय तथ्याङ्क विभागका निर्देशक तथा जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षक ज्ञानेन्द्र बज्राचार्यसहित छ जना प्रशिक्षक रहेका छन् । उनले विराटनगरमा १० जिल्लाका १७१ र भद्रपुरमा ८५ जनालाई तालीम दिइरहेको बताउछन् ।
उनका अनुसार प्रदेशस्तरीय मुख्य प्रशिक्षण तालीम यही चैत ९ देखि १५ गतेसम्म चल्ने, स्थानीय जनगणना अधिकारीलाई चैत १९ देखि २५ गतेसम्म प्रदेशस्तरीय तालीम प्रदान गरिनेछ । तालीम प्राप्त प्रशिक्षक अर्थात् उनीहरुबाट नै सुपरीवेक्षकलाई वैशाख १६ देखि २२ सम्म र गणकलाई वैशाख १७ देखि २२ गतेसम्म जिल्लास्तरीय तालीम प्रदान गरिने बताउछन् ।
राष्ट्रिय जनगणना २०७८ देशभरका नेपालीको घरदैलोमा निश्चित समयभित्र पुगी सबै घर, अक्सर बसोबास गरेका परिवार तथा व्यक्तिहरूको विवरण सङ्कलन र सङ्कलित विवरण प्रशोधन एवम् प्रकाशन गर्ने बृहत् राष्ट्रिय कार्यक्रम हो । नेपालमा जनगणना १९६८ देखि शुरु भएको हो । विसं २०७८ मा सञ्चालन हुने जनगणना नेपालको बाह्रौँ तथा देशको सङ्घीय संरचनापछिको पहिलो जनगणना हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार