मादीका सात वडामा सुविधा सम्पन्न कार्यालय भवन निर्माण
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १६:५१:१९
११ चैत,कास्की । कास्की जिल्लाको मादी गाउँपालिकाका विभिन्न सातवटा वडामा सुविधासम्पन्न कार्यालय भवन निर्माण गरिएको छ । कोरोना भाइरसका कारण मुलुकमा बन्दाबन्दीको अवस्थामा पनि स्वास्थ्य सुरक्षा अपनाएर सातवटा वडामा नयाँ कार्यालय भवन निर्माण गरिएको हो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीको संयोजकत्वमा समन्वयका उपप्रमुख सावित्री भण्डारी, सदस्यहरु, समन्वय अधिकारी नवराज बराल, प्राविधिक, सञ्चारकर्मीसहितको टोलीले मङ्गलबार वडा नं ८ र ९ को नवनिर्मित कार्यालय भवनको स्थलगत अनुगमन गरेको हो ।
जिल्ला समन्वय समिति कास्कीको ६० प्रतिशत एवं गाउँपालिकाको ४० प्रतिशतको साझेदारीमा कूल पाँच करोड १७ लाख ७२ हजार ५०९ लागतमा सातवटा वडा कार्यालय भवन निर्माण गरिएको बताइएको छ । जिल्ला समन्वय समिति कास्कीको मौजुदा कोषको रु तीन करोड नौ लाख ६३ हजार ५०४ र गाउँपालिकाको रु दुई करोड ७० लाख नौ हजार १० लागतमा नयाँ भवन निर्माण गरिएको प्रमुख क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार पहिलो तलामा पाँच कोठा पक्की र दोस्रो तलामा ट्रस सभाहलसहितको दुईतले चिटिक्क परेका एउटै मोडलमा निर्माण गरिएका भवनमध्ये वडा नं ४, ५, ८, ९ र १२ का सम्पन्न भई नयाँ कार्यालयबाट वडावासीलाई सेवा प्रदान गरिएको छ भने वडा नं ६ र ७ का भवन निर्माण अन्तिम चरणमा पुगेका छन् । वडा नं १, २, १० र ११ भने साविकको गाविस भवनबाट सेवा प्रदान गर्दै आएका छन् ।
साझेदारी कार्यक्रमअनुसार पालिकाको वडा नं ४ को रु ७० लाख १६ हजार ६१८, ५ को रु ६७ लाख ३६ हजार ५९०, ६ को रु ९३ लाख ८१ हजार ६४४, ७ को रु ७० लाख २६ हजार ८७६, ८ को रु ७२ लाख ३० हजार ३४२, ९ को रु ७२ लाख तीन हजार ६७२ र १२ को रु ६९ लाख ७६ हजार ७०७ लागतमा निर्माण गरिएको हो ।
टोलीले मादी गाउँपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहबाट भइरहेका सडक तथा निर्माणाधीन इदीखोला, वार्दीखोला, मकैखोला र मादी नदीमाथिको धुम्ले पुलको निर्माण अवस्था र गुणस्तरका बारेमा जानकारी लिएको थियो । सो अवसरमा समन्वय प्रमुख क्षेत्रीले तोकिएको समय र गुणस्तरीय विकास निर्माणमा कुनै पनि सम्झौता नहुने बताउँदै अनुगमनले विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
अनुगमनका क्रममा निर्माणमा देखिएका कमी कमजोरीलाई नसच्याएसम्म निर्माण व्यवसायीलाई पूरा रकम भुक्तानी दिन नसकिने समन्वय प्रमुख नवराज बरालले बताए । सेवाग्राहीलाई सुविधा दिने कुरामा कर्मचारी वर्ग जिम्मेवार हुनुपर्नेमा उनको जोड थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुनाटपरी बुन्न महिलाहरुलाई भ्याइनभ्याइ
बैशाख १८, २०८१ मंगलबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
म्याग्दीका लेकाली क्षेत्रमा ढकायो टिप्ने चटारो
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी : एमालेले आज नदिने, कांग्रेसले अवरोध गर्ने
बैशाख २१, २०८१ शुक्रबार
कस्तो छ आजको मौसम ?
बैशाख २१, २०८१ शुक्रबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार