कर्मचारी अभावमा सेवाग्राहीलाई सास्ती
नेपालबहस संवाददाता
चैत ११, २०७७ बुधबार १८:०:५८
११ चैत,डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा वर्षौंदेखि कर्मचारी अभावले सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका छन् । कर्मचारी अभावका कारण लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सास्ती झेल्न बाध्य हुनु परेको सेवाग्राहीहरुको गुनासो रहेको छ । प्रमुख जिल्ला अधिकारीसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ जना कर्मचारीमात्र कार्यरत रहेका छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका कामकाजमा समस्या उत्पन्न भएको बताइएको छ । नागरिकता फाँटका एक प्रशासकीय अधिकृत, नायब सुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई, एकजना चालकको दरबन्दी वर्षौंदेखि खाली रहेको छ ।
चाँडो काम गराउने आश लिएर सेवाग्राहीहरु कार्यालय खुल्नुअघिदेखि नै लाइनमा बस्ने गर्छन् । तर दिनभरि लाइन बस्दा पनि काम नभएपछि निराश भएर सेवाग्राहीहरु घर फर्किनुपर्ने बाध्यता रहेको केआईसिंह गाउँपालिकाबाट आएका सेवाग्राही रमेशबहादुर भुलले बताए । उनले भने, “सेवाग्राही दिनभरि लाइन बसेका हुन्छन्, फाँटमा तोकिएको दरबन्दीका कर्मचारी नहुँदा साँझपख रित्तो हात फर्किन बाध्य हुने गरेका छन्, कर्मचारी नभएका कार्यालय खोल्नु किन ।”
पछिल्लो समय जिल्ला प्रशासनमा नयाँ नागरिकता तथा प्रतिलिपि लिनका लागि आउने सेवाग्राहीको सङ्ख्या अधिक रहेका कारण तोकिएका कर्मचारी अभावका कारण काममा केही समस्या हुँदै आएको जिल्ला प्रशासनका खरिदार तेजबहादुर खड्काले बताए । उनले भने, “हामीसँग कर्मचारी अभाव छ, कर्मचारी हुँदाहुँदै कसैको काम रोकेका छैनौँ, कर्मचारी नभएपछि कसरी काम गर्नु, समस्या नै छ ।”
कर्मचारी अभावसँगै यहाँका नौवटै स्थानीय तहबाट सेवा लिन आउने सेवाग्राहीको हकमा जिल्ला प्रशासनले बार तोकेर नागरिकतालगायत सेवा दिइने व्यवस्था मिलाएको छ । जिल्लाको विभिन्न दुर्गम स्थानबाट सेवा लिन आए पनि छिटोछरितो सेवा प्रवाह हुन नसक्दा आफूहरु सास्ती झेल्न बाध्य रहेकाले अविलम्ब कर्मचारी व्यवस्थापन गर्न सेवाग्राहीहरुको माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा प्रजिअ (सहसचिव) एक, सहायक प्रजिअ एक (उपसचिव)सहित २१ जनाको दरबन्दी छ । दुई प्रशासकीय अधिकृतमध्ये एक, नायब सुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई तथा एक चालकको दरबन्दी पनि खाली छ ।
लामो समयदेखि कर्मचारी अभावमा कार्यालयको कामकाज सञ्चालन गर्न तथा सेवाग्राहीलाई सेवा दिन समस्या हुने गरेको प्रजिअ भीमप्रसाद भट्टराईले बताए । उनले भने, “तोकिएका दरबन्दीका कर्मचारी नहुँदा कामकाजमा केही समस्या पक्कै भएको छ, समस्या समाधानका लागि पहल हुँदैछ ।” जिल्ला प्रशासनमा खाली भएका दरबन्दी तथा कर्मचारीको विवरण गृह मन्त्रालयमा पठाइसकेकाले गृहले चाँडो कर्मचारी पठाउन सक्नेमा आफू विश्वस्त रहेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार