स्थानीय ठाउँको पहिचानका लागि कक्ष नामकरण
नेपालबहस संवाददाता
चैत १२, २०७७ बिहिबार १९:२३:५
१२ चैत,कावासोती । हुप्सेकोट गाउँपालिकाको कार्यालय प्रवेश गर्ने वित्तिकै भवनको तल्लो तलाको एउटा कोठाको ढोकामाथि ‘जारेभञ्ज्या’ कक्ष लेखेको देखिन्छ । छेउको अर्को कोठामाथि ‘शान्तिबाटिका’ कक्ष लेखिएको छ । शुरुमा यहाँ आँखा पुग्नेलाई के लेखेको हो भन्ने मनमा लाग्न सक्छ । नाम सुनेकाले यो यहीँको ठाउँ भन्ने बुझ्लान, नामै नसुनेकाहरुलाई के रहेछ, कहाँ रहेछ भन्ने मनमा खुलदुली लाग्न सक्छ ।
यति मात्रै होइन, भवनको दोस्रो तलमा चढ्ने बेलामा भ¥याङ छेउको भित्तामा ‘श्रीपोखर कक्ष’, ‘धौवादी कक्ष’, ‘रुद्रपुरगढी कक्ष’, ‘लालीगुराँस कक्ष’, ‘मौलाथर कक्ष’ र ‘राम्चे कक्ष’ लेखिएको देखिन्छ । यसले हुप्सेकोट गाउँपालिकाभित्रको ठाउँको नाम रहेछ भन्ने अनुमान धेरैले लगाउँछन् । सँगै यहाँ ऐतिहासिक गढी र लालीगुराँस फुल्ने ठाउँ रहेछ भन्नेसमेत अनुमान लगाउँछन् । हुप्सेकोट गाउँपालिकाले गाउँपालिकाभित्रका प्रत्येक कोठालाई स्थानीय पहिचान दिएको छ ।
पछिल्लो समय पुराना बस्ती र ठाउँका नाम मेटिदै जान थालेका छन् । केही व्यक्ति समूहले आफूखुशी विभिन्न नाम राख्ने गरेका छन् । यति मात्रै होइन आफ्नै परिवारसँग जोडेरसमेत नयाँनयाँ नामाकरण गरिरहेका हुन्छन् । यसले पुरानो अस्तित्व समाप्त पार्दै गएको भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन् ।
पुराना मौलिक नाम हराउँदै जाने होकी भन्ने चिन्ता बढेको छ । यसैले नवलपुरको हुप्सेकोट गाउँपालिकाले भने यहाँका मौलिक नामको पहिचान दिने गरी कक्षाको नामकरण गरेको छ । गाउँपालिकाभित्र पनि पुराना ऐतिहासिक बस्तीको पहिचान नमेटियोस् र यहाँ रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन होस् भनेर गाउँपालिकाभित्रका हरेक कक्षको स्थानीय पहिचान दिइएको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।
“हामी कहाँ धेरै पुराना बस्ती छन्, पर्यटकीय ठाउँ छन्, यहाँ आउनेहरुले थाहा पाउन र ती ठाउँको पहिचान नमेटियोस् भनेर कक्षाहरुको नामाकरण गरेका हौं”, उनले भनीन्, “यहाँका स्थानीयवासीलाई गाउँपालिका आउँदा आफ्नो ठाउँको नाम देख्दा अपनत्व होस् र बाहिरबाट आउनेहरुले जानकारी पाउन भन्ने पनि हो ।” गाउँपालिकाको दोस्रो तलामा चढ्ने बित्तिकै उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल रहने धौवादी कक्ष देखिन्छ । लगत्तै राम्चे कक्ष, अध्यक्ष रहने श्रीपोखरी कक्षसहित क्रमशः मौलाथर कक्ष, रुद्रपुरगढी कक्ष र लालीगुराँस कक्ष रहेका छन् ।
हरेक कोठाको अलग–अलग पहिचना दिँदा पुराना बस्तीको पहिचानसहित यहाँ रहेका पर्यटीय क्षेत्रको प्रवद्र्धनमासमेत सहयोग पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार